मार्को सिल्भा फुलहमका प्रशिक्षक

काठमाडौं । फुलहमले मार्को सिल्भालाई आफ्नो प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

४३ वर्षीय पोर्चुगिज सिल्भाले फुलहमसँग तीन वर्षे सम्झौता गरेका हुन् । फुलहम छोडेर बर्नमाउथ लागेका थिए । फुलहमका पूर्ब स्टार खेलाडी लुईस बोआ मोर्टे भने क्लबका सहायक प्रशिक्षकको रुपमा फर्किएका हुन् । सिल्भा सन् २०१७ मा हल सिटीको ब्यवस्थापन गर्न लण्डन पुगेका थिए । लगत्तै उनी लिस्बन र ओलम्पियाकोसको ब्यवस्थापकीय भूमिकामा रहेका थिए । सिल्भाले यसअघि एभर्टन र वाटफोर्डको प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नकेका छन् ।

१९ असार २०७८, शनिबार ११:०१



तपाईको प्रतिक्रिया