ब्राजिल र पेरु क्वाटरफाइनलमा

विदुर । ब्राजिलमा जारी कोपा अमेरिका-२०२१ अन्तर्गत शनिबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पेरुले पाराग्वेलाइ ४-३ को अन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा २-१ ले अग्रता लिएको पेरुले दोस्रो हाफको ५४ औँ मिनेटमा गोल रोक्न नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको ८० औ मिनेटमा पेरुले अर्को गोल गर्दै खेलमा पुन अग्रता कायम राखेको थियो ।

निर्धारित ९० मिनेटको खेलपछिको अतिरिक्त समयमा पाराग्वेले अर्को गोल गर्दै तिन तिन गोलको बराबरीमा खेल टुङगिएपछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा खेल पुगेको थियो ।

पेनाल्टी सुटआउटमा खेलको नतिजा ४-३ भएपछि पेरुले सेमिफाइनलको यात्रा तय गरेको हो । त्यसैगरी आजको दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल विजयी भएको छ । ब्राजिल र चिलिबिच भएको खेलमा ब्राजिलले १-० गोल अन्तररले चिलीलाई पराजित गरेको हो ।

१९ असार २०७८, शनिबार ११:२३



तपाईको प्रतिक्रिया