जिल्ला लिग नुवाकोट युनाइटेडले जित्यो

बट्टार । नुवाकोट जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिताको उपाधी नुवाकोट युनाइटेड फुटबल क्लवले जितेको छ ।

शनिवार भएको फाइनलमा नुवाकोट युनाइटेड फुटबल क्लव वट्टार र न्यू स्टार क्लव त्रिशुली भिडेको थियो । नुवाकोट युनाइटेड ३–१ गोल अन्तरले विजयी भएको हो । नुवाकोट युनाइटेडका साइल नगरकोटी, सन्तोस थापा र सुनिल कुमालले एकएक गोल गरेका थिए । न्यू स्टार क्लव त्रिशुलीको तर्फबाट ओमप्रकाश तामाङले १ गोल गरे । प्रतियोगिताका विजेता नुवाकोट युनाइटेडले ५० हजार रुपैयाँ सहित मेडल र ट्रफी पाएको छ । उपविजेता न्यू स्टारले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी पाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नुवाकोट युनाइटेडका तीन जना भएका छन् । रामकाजी कुमाल, उत्कृष्ट गोलकिपर बिकिबहादुर तामाङ र हाई स्कोरर साइल नगरकोटीलाई जनही तीन÷तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । फाइनल खेलमा म्यान अफ दि म्याच पनि नुवाकोट युनाइटेडकै भएका छन् । सन्तोष थापाले सो उपाधी जितेका हुन् । प्रतियोगितामा सहभागी टिमहरू मध्ये न्यू स्टार क्लव त्रिशुली अनुशासित टिम ठहरिएको छ ।

नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता भएको हो ।

२० पुष २०७८, मंगलवार ११:१७



तपाईको प्रतिक्रिया