शिवपुरी वडाकप फुटबल प्रतियोगिता सुरु

पहिलो दिन तीन खेल सम्पन्न

शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा नंं. २ र वडा नंं. ५ ले विजयी सुरुवात गरेका छन् ।

शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो खेलमा वडा नं. ४ लाई वडा नंं. २ ले २–० ले पराजित गरेको छ । वडा नंं. २ का लागि खेलको ३५ औं मिनेटमा अनमोल तामाङ र ५९ औं मिनेटमा मिङ्मार तामाङले गोल गरेका थिए । समूह ए मा रहेको वडा नं. २ ले यो जीतसँगै वडा नंं. २ ले ३ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा वडा नंं. ५ ले वडा नंं . ३ लाई २–१ ले पराजित गर्न सफल भयो । वडा नं. ५ का लागि खेलको ४६ औं मिनेटमा रोशन थापा र ६१ औं मिनेटमा शैलेन्द्र खड्काले गोल गरे । वडा नंं. ३ का लागि एक गोलको खेलको ७० औं मिनेटमा रमेश तामाङले गरे । जीतसँगै समूह बी मा रहेको वडा नंं. ५ ले पनि ३ अंक जोडेको छ ।

त्यस्तै पहिलो दिनको अन्तिम खेलमा वडा नंं. ७ र वडा नंं १ ले गोलरहित बराबरी खेलेका छन् ।

खेल सुरु हुनु अघि प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी गाउँपालिकामा फुटबलले राम्रो चर्चा पाएको भन्दै अन्य खेलहरुलाई नि प्रोत्साहन गर्ने बताए । विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले अब शिवपुरीमा महिला फुटबल खेलाडीहरुको पनि खोजी हुने बताइन् ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले शिवपुरी गाउँ संगठन कमिटि अध्यक्ष विष्णु श्रेष्ठ, नेपाली कांग्रेसका शिवपुरी गाउँ कार्यसमिति सभापती कविराज गुरुङ लगायतका अन्यको उपस्थिती थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले प्रतियोगिता सञ्चालनको मुख्य उदेश्य शिवपुरीमा रहेका युवा खेलाडीहरुको पहिचान गर्नु रहेको बताए ।

१४ फाल्गुन २०७८, शनिबार १०:५३



तपाईको प्रतिक्रिया