नुवाकोटले जित्यो १८ पदक

विदुर । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोमा नुवाकोटले चार स्वर्णपदकसहित १८ पदक जितेको छ । नुवाकोट दोश्रो भएको छ ।
प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडामा तेक्वान्दो खेलका विजयीलाई गएको सोमबार पुरस्कार वितरण भयो । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नुवाकोटका सुस्मिता राई, प्रिजना तामाङ, प्रविण वाइवा, धनबहादुर तामाङले स्वर्णपदक प्राप्त गरेका छन् ।

नुवाकोटले तेक्वान्दोतर्फ १० रजत र चार कास्यपदक प्राप्त गरेको छ । ८ स्वर्ण, ६ रजत, २ काश्य पदकसहित चितवन टिम प्रथम भएको हो ।

१४ चैत्र २०७८, सोमबार १०:०८



तपाईको प्रतिक्रिया