लि–निङको पाँचौं शोरुम त्रिशुलीमा

त्रिशुली । खेलकुद सामग्री उत्पादन चाइनिज कम्पनी लि–निङको पाँचौ शोरुम नुवाकोटको त्रिशुलीमा सञ्चालनमा आएको छ ।

खेल र खेलाडीको लागि चाहिने सम्पूर्ण सामग्री पाइने शोरुमको तेक्वान्दोकी ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक संगीना वैद्य र कम्पनीका कार्यकारी निर्देशक राजन महर्जनद्वयले संयुक्तरुपमा शाखाको उदटन गरेका छन् । त्रिशुली शाखाका अनु इन्टरप्राइजेजका सञ्चालक विप्लप अमात्यले बास्केटबल, ब्याडमिन्टन, ज्याम्यास्टिक, रनिङलगायतका खेलहरूको सम्पूर्ण सामग्री पाइने बताए । नुवाकोट र रसुवाका खेलाडीहरू आफूले चाहिने सामग्री किन्न अब काठमाडौँ धाउनु नपर्ने उनले बताए । ग्राहकले शोरुमबाट २५ प्रतिशत छुटको सुविधा लिन सकिने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक समेत रहेका वैद्यले नेपालको खेल क्षेत्रमा सहयात्रीको रुपमा रहेको उक्त कम्पनीका सामग्रीहरू खेलाडीलाई सहजको साथै सुहाउँदो रहेकी बताईन् । आफ्नै जन्मथलोमै उक्त कम्पनीको शोरुम सञ्चालनमा आउँदा उनले खुशी व्यक्त गरिन् ।

ललितपुर जावलाखेलमा मुख्य कार्यालय रहेको कम्पनीको काठमाडौंलगायत देशका मुख्यमुख्य शहरमा शोरुम तथा आउटलेट रहेको कम्पनीका निर्देशक महर्जनले जानकारी दिए ।

लिनिङ चाइना ट्रेड लिंकको ब्राण्ड हो । १९८२ मा ज्याम्यास्टिकमा विश्व च्याम्पियन बनेका खेलाडीको नामबाट १९९० मा लिनिङ ब्राण्डको स्थापना गरिएको हो ।

२५ माघ २०७९, बुधबार १४:००



तपाईको प्रतिक्रिया