भलिबलको उपाधी म्यागङलाई

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरिय तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको अन्तिम खेल शनिवार सम्पन्न भएको हो ।

अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक तादी गाउँपालिकाई २५–२१, १५–२५, २५–२३ र २५–२३ सेटको अंकले जितेको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिकाको टिम तेस्रो र दुप्चेश्वर ‘बी’ समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, दुप्चेश्वर ‘बी’ ले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए । ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए ।

२५ माघ २०७९, बुधबार १४:३०



तपाईको प्रतिक्रिया