नुवाकोटका चार पत्रकार सम्मानित हुँदै

विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटले एक जना पत्रकारलाई सम्मान र तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आउँदो बिहिवार विदुरमा आयोजित १० औ बार्षिक साधारणसभाको अवसरमा सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो ।

दीर्घ सेवा सम्मान–२०७७ बाट त्रिशुली प्रबाह साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटा, स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट अर्थपथ डटकमका सम्पादक बिष्णु तारुके, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट सगरमाथा पोष्ट डटकमका सम्पादक रबनिप्रसाद थपलिया र महिला पत्रकारिता पुरस्कार–२०७७ बाट बिबिसी नेपाली सेवाका शक्तिमाया तामाङ सम्मानित र पुरस्कृत हुने भएका छन् ।

पत्रकार महासंघ नुवाकोटले २०७५ सालबाट नुवाकोटमा क्रृयाशिल पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । तीन वटै पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ । स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य डबलीखबर डटकमले, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोट जेसिसले र महिला पत्रकारिता पुरस्कार त्रिशुली प्रबाह साप्ताहिकले सौजन्य गर्दै आएको छ ।

यस्तै पत्रकार महासंघ नुवाकोटले विश्वमाहारी नोबेल कोरोना भाइरसका कारण भएको बन्दाबन्दीको समय र त्यसपछि पनि नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि निरन्तर सूसुचित गर्ने आठ जना पत्रकार र सञ्चार गृहहरूलाई समेत कदर गर्ने कार्यक्रम रहेको महासंघ नुवाकोटले जनाएको छ ।

महासंघले कोभिड–१९ बिरुद्धको अभियानमा खटिने उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहाल, राससका समाचारदाता जमुना गजुरेल, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, डबली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल र एभिन्युज टिभिका संवाददाता श्रीराम नेपाललाई कोभिड–१९ सम्मान प्रदान गर्दैछ ।

यस्तै, कोभिड–१९ का कारण बन्दाबन्दीको समयमा निरन्तर सञ्चालनमा रहेका सञ्चार गृहहरू रेडियो त्रिशुली, रेडियो जालपा, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जवको रेडियो, त्रिशुली खबर साप्ताहिक, नुवाकोट एक्सप्रेस डटकम र विदुर खबर डटकमलाई पनि सम्मान गर्दै छ ।

पत्रकार महासंघ नुवाकोटको १० औं बार्षिक साधारण सभा पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतिथ्यतामा आउने बिहिवार (पुस ९ गते) हुँदै छ ।

६ पुष २०७७, सोमबार १०:१६



तपाईको प्रतिक्रिया