२२ वर्षदेखि क्रियाशिल पत्रकार उत्सुकलाई महासंघको दीर्घ सेवा सम्मान

विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटले २२ वर्षदेखि नुवाकोट जिल्लामा निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकार शरण उत्सुक सापकोटालाई दीर्घ सेवा–२०७७ प्रदान गरेको छ । तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । कोरोनाको समय र बन्दाबन्दीमा पनि निरन्तर नागरिकहरलाई सूचित गर्ने आठ जना पत्रकार र ११ वटा सञ्चार गृहलाई समेत महासंघले कदर पत्र प्रदान गरेको छ ।

बिहिवार आयोजित १० औ बार्षिक साधारणसभाको अवसरमा सम्मान र पुरस्कार प्रदान गरिएको हो । दीर्घ सेवा सम्मान–२०७७ बाट त्रिशुली प्रबाह साप्ताहिकका प्रकाशक÷सम्पादक शरण उत्सुक सापकोटा, स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट अर्थपथ डटकमका सम्पादक बिष्णु तारुके, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट सगरमाथा पोष्ट डटकमका सम्पादक रबनिप्रसाद थपलिया र महिला पत्रकारिता पुरस्कार–२०७७ बाट बिबिसीका शक्तिमाया तामाङ सम्मानित र पुरस्कृत भएका छन् ।

पत्रकार महासंघ नुवाकोटले २०७५ सालबाट नुवाकोटमा क्रृयाशिल पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । तीन वटै पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ । स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य डबलीखबर डटकमले, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोट जेसिसले र महिला पत्रकारिता पुरस्कार त्रिशुली प्रबाह साप्ताहिकले सौजन्य गर्दै आएको छ ।

महासंघले कोभिड–१९ बिरुद्धको अभियानमा खटिने उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहाल, राससका समाचारदाता जमुना गजुरेल, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, डबली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल र एभिन्युज टिभिका संवाददाता श्रीराम नेपाललाई कोभिड–१९ सम्मान प्रदान गरेको छ ।

कोभिड–१९ का कारण बन्दाबन्दीको समयमा निरन्तर सञ्चालनमा रहेका सञ्चार गृहहरू रेडियो त्रिशुली, रेडियो जालपा, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जवको रेडियो, रेडियो भैरबी, त्रिशुली खबर साप्ताहिक, नुवाकोट एक्सप्रेस डटकम र विदुरखबर डटकमलाई महासंघले कदर पत्र प्रदान गरेको छ । पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि र कोरोना बीमाका लागि सहयोग गर्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीलाई महासंघले सम्मान गरेको छ ।

१० औं बार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले सम्माति र पुरस्कुत हुनेहरूलाई सम्मान पत्र र कदर पत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै महासचिव विष्टले विश्व महामारीको समयमा नेपालको मिडिया र पत्रकारहरूले देखोएको साहस र निर्वाह गरेको भूमिका प्रशंसनिय रहेको उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत पत्रकारहरूको भूमिकाको चर्चा गरेको उनले कार्यक्रममा सुनाए । साथै अहिलेको अवस्थामा पत्रकारहरू थप चनाखो र सत्य सूचना दिनका लागि हरदम तयार रहनुपर्ने बताएका छन् । संसद विघटनसंगै सृजित राजनीतिक घटनाक्रमले ल्याउने तरंगलाई सही रुपमा सम्प्रेषण गर्न उनले आग्रह गरे ।

महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहाल, विदुरका मेयर सञ्जु पण्डित, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेकपा वाग्मती प्रदेश सदस्य सुभद्रा नेपाल, नेपाली काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव कृष्ण सारु मगर, प्रदेश सदस्य रामहरि गजुरेल, प्रेस संगठन नेपालका वाग्मती प्रदेश सह–संयोजक सुनिल खड्का, धादिङ पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुल्ली, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, प्रेस संगठन जिल्ला संयोजक भोलाराज पौडेल, प्रेस युनियन नुवाकोट अध्यक्ष नमराज सुवेदी, महासंघका केन्द्रिय पार्षद् बद्री प्याकुरेल, पत्रकार शरण उत्सुक सापकोटा, रबिन प्रसाद थपलिया, विष्णु तारुके, शक्तिमाया तामाङ, सुकदेव दाहाल, नवदीप श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

१३ पुष २०७७, सोमबार ०७:२९



तपाईको प्रतिक्रिया