सबारी लाइसेन्सको फारम अनलाइनबाट भर्न मिल्ने

विदुर । वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा सुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा सुरु गरेको हो ।

काठमाडौँ उपत्यका सहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा शुरु गरिएको भएको र यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको छ ।

१ माघ २०७७, बिहीबार १३:१०



तपाईको प्रतिक्रिया