पहिरोले तीन जनाको ज्यान लियो

नुवाकोट र रसुवामा उच्च सर्तकता

धादिङमा तीन जनाको ज्यान लिनेगरी आएको पहिरो ।

विदुर । पहिरोले पुरिएर धादिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा परेर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान घरमाथिबाट आएको पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ । उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो ।

पहिरोले धादिङका विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको छ पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा आवातजावत अवरुद्ध भएको छ । मुग्लिनदेखि नौबिसे सम्म करिब २ सय भन्दा बढि पहिरो आएको प्रहरीले जनाएको छ ।

यसै गरि आज बिहान सम्म परेको अबिरल बर्सातले नुवाकोट र रसुवाको सडकखण्डमा क्षती पुराएको छ ।

बिशेष गरि रसुवा सडकखण्डमा ठुलो क्षती भएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । बर्सात सुरुभएसँगै रसुवाखण्डमा सबारी आबगमन अबरुद्ध हुँदै बआएको थियो । यस बर्ष पटक पटक सबारी अबरुद्ध भैरहेको छ । रसुवामा पहिरोका कारण कन्टेनरमा समेत क्षती पुगेको छ ।

गोसाइँकुण्ड गाँउपालिका वडा नम्बर २ टिमुरेमा अविरल बर्षाको कारण सडकमाथीबाट ठुलो ढुङ्गा र पहिरो झरी पार्क मा रोकि राखेको ना ६ ख ४५०८ र ना २ ख ४६९८ नम्बरको कन्टेनर पुर्ण क्षती भएको छ । अहिले रसुवाखण्डमा सडक पुर्ण रुपमा अबरुद्ध रहेको छ । सडक खुलाउनको लागी सडक डिभिजन कार्यालय नुवाकोट, रसुवामा रहेका जलबिद्युत आयोजना, स्थानिय तह र सुरक्षाकर्मीहरु परिचालित भैसकेका छन् ।

यता, नुवाकोटको ग्रामिण भुभागमा पनी सडकमार्गहरु अबरुद्ध भएको छ । दुप्चेश्वर गाँउपालिकाको माथिल्लो क्षेत्रमा आएका पहिरोका कारण सबारी आबागमन अबरुद्ध भएको हो । नुवाकोट र रसुवाको सडकको अबस्थाको बिषयमा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख राजेशकुमार दास यसो भन्छन् :

६ श्रावण २०७७, मंगलवार २१:५०



तपाईको प्रतिक्रिया