उमेर हदका कारण सेवाबाट अवकाश हुँदै  

काठमाडौँ

सेवा अवधि बाँकी भएतापनि आफ्नो उमेर हदका कारण नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु अनिवार्य अवकाश हुन लागेका हुन् ।

नेपाल प्रहरी कर्मचारीहरुको सेवा अवधि ३० वर्ष हुने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख गरेको छ । तथापी सोही नियमावलीमा रहेको उमेर हद सम्बन्धी व्यवस्थाका नेपाल प्रहरीका २ जना नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एवं ४ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु अवकाश हुन लागेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोली ५ बैशाख तथा मिरा चौधरी थारु ७ बैशाख गते अनिवार्य अवकाश हुँदैछन् ।

बैशाख ७ मै प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकास राज खनाल पनि अवकाश हुँदैछन् ।त्यस्तै जेठ १० मा डिआईजी सुरेन्द्र मैनाली र २१ असारमा डिआईजी पोषराज पोखरेल उमेर हद कै कारणले घर जाँदैछन् । प्रहरी उपरिक्षक (एसएसपी) मनोज यादव भने ११ असारमा अवकाश हुँदैछन् ।

सोमबार मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस भएका अर्का प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेशराज जोशी असार १९ मा अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को उमेर हद ५६ वर्ष एवं प्रहरी उपरिक्षक (एसएसपी) को उमेर हद ५५ वर्ष रहने व्यवस्था रहेको छ ।

४ बैशाख २०८१, मंगलवार १५:५३



तपाईको प्रतिक्रिया