नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ब्रेक थ्रु

तस्वीर श्रोत: अनलाईन खबर

काठमाडौं ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार ब्रेक थ्रु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष अन्तिम स्वीच थिचेर सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेका छन् ।

यो सँगै अब धादिङको सिस्नेखोलाबाट काठमाडौँको बलम्बु ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले जनाएको छ ।

सुरुङको पुरै भाग खन्ने कार्य सकिएको भएता पनि बाँकी काम सम्पन्न गरेर साधन गुड्न योग्य हुन भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।

३ बैशाख २०८१, सोमबार १६:३१



तपाईको प्रतिक्रिया