पेट्रोलियम पदार्थको मुल्य वृद्धी

काठमाडौँ

नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मुल्य वृद्धी भएको सूचना जारी गरेको छ । नागरिकहरुले दैनिक प्रयोग गर्ने पेट्रोल, डिजेल र मट्टितेलको दर बैसाख ४ गते मंगलबारबाट लागु हुने गरी बढाएको हो ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलको खरिद मुल्यमा रु. २।९६ र डिजेलमा रु. ३।४६ थप गरि पठाएको हुँदा निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा र डिजेलको मुल्य १५८ रुपैया कायम हुनेछ ।

त्यस्तै दोश्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७७ रुपैयाँ तथा डिजेलको मुल्य १६० रुपैया पुग्ने भएको छ ।

तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ एवं डिजेलको १६१ रुपैया पुगेको छ ।

३ बैशाख २०८१, सोमबार २१:३३



तपाईको प्रतिक्रिया