अमेरीकामा ब्रेकफाष्ट र, युकेमा लञ्च गर्दै प्रचण्ड राई

लोक शैलिको आधुनिक गित युवाहरु माझ लोकप्रिय

प्रचण्ड बाबु राईको अर्को गित नुवाकोटका गायक प्रचण्डबाबु राईको नयाँ गित सार्बजनिक भएको छ ।
अमेरीकामा ब्रेकफाष्ट गरौला, युकेमा लञ्च अनी सपिङ गरौला
जर्मनिमा सिनेमा हेरौला, ईटालीमा डिनर खाउला
सपनै त हो यो कान्छा, सपनैत
हो भन्ने बोलको गित नुवाकोट देबिघाटका गायक प्रचण्डबाबु राई र लोकप्रिय गायिका अस्मिता अधिकारीको आबाजमा रहेको छ । मंसिर २२ गते 12 Twelve Notes नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो । आम नागरिकहरुले देख्ने सपनाका सब्दहरुलाई समेटेर अमेरीकामा ब्रेकफाष्ट गरौला, युकेमा लञ्च अनी सपिङ गरौला भन्ने बोलको गित सार्बजनिक भएको हो । प्रेमिल जोडीप्रति समर्पित जिस्कदै सुनौलो भबिष्यको कल्पनामा गित रेकर्ड गरेको गायक प्रचण्डबाबु राईले बताएका छन् ।
रामगोपाल आसुतोषले रचना गर्नुभएको सब्दमा हरि लम्सालले म्युजिक भरेका छन् । यस्तै गितको भिडियोमा सुरेस देवल र कबिता नेपालले अभिनय गर्नुभएको छ । लोक शैलिको आधुनिक गित युवाहरु माझ लोकप्रिय बन्न थालेको छ । प्रचण्डबाबु राई र रचना रिमालसँगको यस अघिनै गित सार्बजानिक भैसकेको छ ।

२३ मंसिर २०८०, शनिबार २२:०८



तपाईको प्रतिक्रिया