सिंहदरबारमा प्रदर्शन गर्ने नियन्त्रणमा

काठमाडौँ

सिंहदरबारको दक्षिण गेटमा पर्चा पम्प्लेट सहित प्रदर्शन गर्ने ११ जनालाई बुधबार नियन्त्रणमा लिइएको छ ।

रुसको युद्धग्रस्त क्षेत्रमा रुसी सेनामा भर्ति हुन गएका नेपालीहरुको उद्धार एवं मृतकहरुको शव फिर्ता ल्याउन पहल गर्न पटक पटक अनुरोध गर्दा सकारात्मक प्रतिक्रिया नआएपछि दबाब दिन आफन्तहरुले प्रदर्शन गरेको जनाएका छन् ।

सिंहदरबार दक्षिण गेट तर्फबाट निषेधित क्षेत्र तोड्न प्रयास गरेको भन्दै प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबार राखिएको छ । 

६ बैशाख २०८१, बिहीबार ११:२८



तपाईको प्रतिक्रिया