महानगरको निशुल्क उपचार सहजीकरण, कति प्रभावकारी ?

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह निर्वाचित भएपश्चात विकासका धेरै पाटाहरु सुधार भएको जनताले पाएका छन् । उनको चर्चा काठमाडौँ महानगरपालिका वा उपत्यकाभित्र मात्रै हैन धेरै भर उत्तिकै रहेको पाइन्छ ।

उनै प्रमुख शाहले काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० तथा  मिति 2080/06/30 मा काठमाडौं महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधी, 2080 जारी गरी स्वास्थ्य क्षेत्रमा विपन्न, असहाय र वेवारिसे नागरिकहरुको समेत उपचारमा पहुँच पुर्याउने हेतुले निशुल्क उपचार सहजीकरण सेवा संचालनमा ल्याएका छन् ।

अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्ना कुल शैय्याको १० प्रतिशत विरामीलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने व्यवस्था बमोजिम काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालहरुमा यो निर्णय कार्यान्वयमा ल्याएको छ । सोही कार्यलाई सहजीकरण गर्न र पहुँच स्थापित गर्न freehealth.kathmandu.gov.np अनलाईन प्रणाली समेत लागु गरेको छ ।

निजी तथा सामुदायिक गरी कुल ५२ अस्पतालले हाल यो सेवा दिइरहेको जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

यस निर्णयबाट हालसम्म 33 जना विरामीहरुले निशुल्क उपचार गरेर स्वस्थ हुन पाईसकेका छन् । हालसम्म विरामी संख्याको आधारमा PEOPLES DENTAL COLLEGE AND GENERAL HOSPITAL अस्पतालले सबै भन्दा धेरै ६ जना उपचार गरेको छ । जसमा 5 जना विरामीहरुको निशुल्क उपचार सम्पन्न गरी घर पठाइसकेको छ भने १ जना उपचरको क्रममा रहेको बताईएको छ ।

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार अनुगमनलाई समेत चुस्तदुरुस्त राख्न विभिन्न प्रक्रियाहरु अवलम्वन गरिएको छ । कुन अस्पतालमा कति वेड संख्या उपलब्ध छ ? कति विरामी भर्ना भएका छन् ? सार्वजनिक रुपमा सबैले देख्न पाउने गरी अनलाईन प्रणाली (https://freehealth.kathmandu.gov.np/) को विकास गरिएको जानकारी दिएका छन् । यसमा सबै आवद्ध अस्पतालहरुले विरामीको विवरण नियमित अध्यावधिक गरेर राख्नु पर्ने व्यवस्था छ ।

साथै कुनै अस्पतालले त्यस्ता लक्षित वर्गका विरामीहरुको निशुल्क उपचार गर्न आनाकानी गरेमा अथवा सेवा सम्बन्धी थप जानकारीको लागि 1180 नम्बरमा तुरुन्त सम्पर्क गरेर गुनासो टिपाउन सकिने समेत व्यवस्था गरेको जानकारी दिएका छन् ।

यसरी निशुल्क उपचार सहजीकरण सेवा मार्फत का.म.न.पा.ले विपन्न, असहाय र बेवारिसे बिरामीहरुले निशुल्क उपचार सेवा उपलब्ध भईरहेको छ ।

६ बैशाख २०८१, बिहीबार १६:४१



तपाईको प्रतिक्रिया