प्रेस निष्पक्ष हुनुपर्यो : तामाङ

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामा तामाङले पत्रकारिता क्षेत्र निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोडा दिएका छन् ।

नुवाकोटबाट प्रकाशन हुँदै आएको उत्तरगया दैनिक पत्रिकाको तेश्रो बार्षिक उत्सब तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता क्षेत्रमा लागेका सबै पत्रकारहरुले आफ्नो धर्ममा रहेर यथार्थतालाई उजागर गर्नको लागी आग्रह गरे ।

नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका सांसद हिरानाथ खतिवडाले पत्रकारिता क्षेत्रमा कलम चलाउएकै कारण समाज सजगता तर्फ लम्किएको बताए । राज्यले नै चौथो अङ्गको रुपले लिएको पत्रकारिता क्षेत्रको आफ्नै उचाई र गरिमा रहेको बताउदै आफ्नो पेशा प्रतिको धर्म निर्बाह गर्न सक्नु पर्ने उनको भनाई छ ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले श्रोत र साधनको अभाबमा पनि नुवाकोटमा पत्रकारिता क्षेत्र फष्टाएको बताए । संघियता कार्यान्वयनसँगै श्रोत र साधन बिकेन्द्रिकृत भएको उनको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उप्रमुख अप्सरा थापा, दुचेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठ, नेपाली काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. ३ का अध्यक्ष सन्तोष उप्रेती, रेडक्रसका केन्द्रिय सदस्य विष्णुराज नेपाल, प्रेस संगठनका नुवाकोट सह संयोजक रामहरि गजुरेल, प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी, चेम्बर अफ कर्मस् नुवाकोटका अध्यक्ष कविन्द्रमान प्रधान, नमस्ते पासाङल्हामु यातायातका अध्यक्ष कुलबहादुर खड्गी लगायतले मन्तब्य राखेका थिए ।
भट्ट पुरस्कृत

विदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले आफ्नो तेस्रो वर्षको निरन्तताको अवसरमा कृष्णमाया, लिलानाथ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार देवचन्द्र भट्ट पुरस्कृत भएका छन् ।

वार्षिकोत्सव समारोहमा सांसद बहादुरसिंह लामा तामाङले पत्रिकाको तर्फबाट पत्रकार भट्टलाई सम्मानपत्र र नगद २५ हजार रुपैया प्रदान गरेका हुन् । २२ वर्षदेखि पत्रकारितामा क्रियाशिल भट्ट हालै नुवाकोटमा स्थापना भएको रेडियो भैरवीका अध्यक्ष, अन्नपुर्ण पोष्ट दैनिक र नेपाल टेलिभिजनको नुवाकोट संवाददाता छन् ।

उक्तरगया दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शिब देबकोटाले मोफसलमा रहेर दैनिक पत्रिका सञ्चालन गर्नु आफैमा चुनौती रहेको बताए ।

६ श्रावण २०७७, मंगलवार २२:०३



तपाईको प्रतिक्रिया