युवा र साना ब्यबसायीलाई २७ करोड लगानी

मन्तब्य राख्दै विदुर नगरपालिकाका उपप्रमुख दाहाल र दाँयाँ कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्का ।

विदुर । युवा तथा साना ब्यबसायी स्वरोजगार कोषले नुवाकोटमा हालसम्म २७ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको जनाएको छ ।

कोषले सहकारी मार्फत उद्यमी बिकासको लागी यो रकम सहुलियतपुर्ण ब्याजदरमा सहकारी मार्फत लगानी गर्दै आएको छ । कोषमा कार्यक्रम सूचिकृत भई पहिलो किस्ता लगानी भैसकेकाहरूको अनुगमन तथा साना ब्यबसायीहरूसँग साक्षातकार गर्दै कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले उद्यमी उत्पादन र बिकासको लागी कोषको कार्यक्रम प्रभाबकारी रहेको बताए ।

शुक्रवार विदुरमा सहकारी संस्थाहरूलाई रकम हस्तान्तरण कार्यक्रममा डा. रोक्का सहभागि थिए । सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्दा लगानीको सुनिश्चितता, ब्यबसाय अभिबृद्धि र पुँजीमा समेत बृद्धि हुने भएकाले सहकारी मार्फत स्वरोजगारका कार्यक्रम सञ्चालन भएको उनले बताए ।

विदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले राज्यको तीन खम्बे अर्थनीतिमानै सहकारी क्षेत्र एक रहेकाले आर्थिक बिकासको महत्वपुर्ण पाटो स्वरोजगार कोष रहेको बताए । सहकारीको ब्यबस्थापन, अनुगमन तथा खारेजीसम्मको अधिकार स्थानिय तहमा रहेकाले कोषका कार्यक्रममा पनि प्रत्यक्ष स्थानीय तहको अनुगमन हुने उनले बताए । राज्यले लिएको महत्वाकाङ्क्षी योजना समृद्ध नेपाल निर्माणको लागी स्वरोजगारको कोषले सहयोग पु¥याएको उनको भनाई छ ।

जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका उपाध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारी मार्फत सञ्चालित युवा तथा साना ब्यबसायी स्वरोजगार कोषको कार्यक्रम सफल कार्यान्वयनमा नुवाकोटका सहकारीहरू रहेको बताए । पहिलो किस्ताको रकम सबै लगानी गरि उद्यमि बिकास हुने चरणमा रहेकाले दोश्रो किस्ताको लगानीले उच्चतम नतिजा आउने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत धर्मराज भट्टले रोजगारकिै लागि विदेश जाने युवाहरूलाई गाउँमै रोक्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको टिप्प्णी गरेका छन् ।

कोषले नुवाकोटमा ७२ वटा सहकारी मार्फत लगानी गर्दै आएको छ । बिदुर नगरपालिकामा १ करोड २० लाख रुपैयाँ, ककनी गाँउपालिकामा ३५ लाख, शिबपुरी गाँउपालिकामा २५ लाख र तादी गाँउपालिकामा २५ लाख रुपैयाँ थप लगानी गरेको छ । कोषले सहकारी मार्फत एक जना व्यवसायीका लागि २ लाख रुपैयाँसम्म लगानी गर्दै आएको छ ।

१४ पुष २०७७, मंगलवार ०८:५०



तपाईको प्रतिक्रिया