नुवाकोटका बाँनिया बैँककमा सम्मानित

saroj-baniya-award-thailand-cup
तस्बीर श्रोत: नेपाल युवा परिषद

नुवाकोटका युवा तथा सामाजिक अभियन्ता सरोज बाँनिया बैँककमा आयोजित Global Youth Achiever Summit & Awards 2024 कार्यक्रममा सम्मानित भएका छन् ।

सन् २०२४ अप्रिल १३ देखि १६ मा थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टले संचालन गरिरहेको कार्यक्रममा बाँनियालाई ग्लोबल लिडरशिप अवार्ड २०२४ (Global Leadership Award 2024) बाट सम्मानित गरेको छ । थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाईबुन्तानले नेपालका सरोज बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गरेका थिए ।

saroj-baniya-award-thailand
तस्बीर श्रोत: नेपाल युवा परिषद

यो अवार्ड युवा नेतृत्व, शान्ति, अहिंसा, नवप्रवर्तन, सामाजिक न्याय, सशक्तिकरण, मानवअधिकार, उद्यमशीलता, पर्यटन, दिगो विकास लक्ष्य (SDG) र लोकतन्त्रको क्षेत्रमा सामाजिक रुपान्तरणका लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय जगतमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने उल्लेख गरेकोछ ।

नेपाल युवा परिषदका संस्थापक एवं अध्यक्ष समेत रहेका बाँनिया विगत १५ वर्षदेखि अनवरत नेपालका ७७ वटै जिल्लाका युवाहरुमा उद्यमशीलता, नेतृत्व क्षमता, शिपमुलक कार्य, सूचना प्रविधि क्षेत्र लगायतका विकासका क्षेत्रहरूमा दिगो विकासको परिकल्पना सहित उत्प्रेरणात्मक तालिम एवं कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

परिषदले विगतदेखि नै प्रत्येक वर्ष देश भरका युवाहरु लक्षित राष्ट्रिय एवं प्रदेश युवा सम्मेलन समेत आयोजना गर्दै नेतृत्व तथा क्षमता विकासमा सघाउ पुराउँदै आएको छ । उक्त सम्मेलनबाट ७७ वटै जिल्लाका करिब २००० भन्दा बढी युवाहरु सहभागी भईसकेका छन् ।

२ बैशाख २०८१, आईतवार १९:२५



तपाईको प्रतिक्रिया