विदुरमा विजिनेश अकाउन्टिङ तथा रियल स्टेट हब

विदुर

नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले सदरमुकाम विदुरमा विजिनेश अकाउन्टिङ तथा रियल स्टेट हब प्रा.लि.को उद्घाटन गरेका छन् । लामो समय बैँकिङ क्षेत्रमा काम गरेका विदुरका दिपेन्द्र श्रेष्ठले लोकतान्त्रिक चोक नजिकै उक्त हब संचालनमा ल्याएका हुन् ।

“दैनिक जसो नयाँ नयाँ उद्योग एवं व्यवसायहरु दर्ता एवं संचालनमा आइरहेको समयमा नेपाल सरकारको मापदण्ड एवं निर्देशिका अनुरुप सबैले हिसाब किताब चुस्त दुरुस्त राख्न एवं नियमित अध्यावधिक गर्न समस्या रहेको छ ।” संचालक श्रेष्ठले बताए ।

सबैलाई उक्त कार्य गर्न समय अथवा ज्ञानको अभावले सम्पन्न गर्न असक्षम हुने हुँदा व्यवसायीक हिसाब किताब, लेखा परीक्षण, व्यापार योजनाका साथसाथै व्यवसायीक रुपमा घरजग्गाको खरिद विक्री कारोबार समेत सहयोग गर्नेगरी प्रा.लि. संचालनमा ल्याएको बताएका छन् ।

नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले व्यवसायिक सफलताको कामना गर्दै यस हबले पक्कै पनि आफ्नै कर्मचारी राखेर कर लगायतका विवरण अध्यावधिक गर्नुपर्ने काम गर्न नसक्ने उद्योग तथा व्यवसायहरुलाई सहयोग पुग्ने बताएका छन् ।

३ बैशाख २०८१, सोमबार १४:१७



तपाईको प्रतिक्रिया