जहाँ व्यबसाय त्यहीं दर्ता

बेलकोटगढी । नगरपालिका भित्र सञ्चालित व्यवसायलाई व्यबस्थि तगर्दे उनीहरूलाई करको दायरामा समेत ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम सञ्चालन गरेकोे छ ।
आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार गएको सोमबारबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ । कार्यक्रमको सुरुवातमा नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डित, शाखा अधिकृत शुक्रकुमार श्रेष्ठसहितको टोलीले गएको सोमबार वडा नम्वर ७ मा रहेको महादेवफाँट बजार तथा मंगलबार वडा नम्वर ५ को कोल्पुटार, क्यौरिनी तथा वडा नम्वर ७ को रातमाटेमा रहेका व्यवसायीहरूलाई उनीहरूको व्यवसायको प्रकृति अनुसार दर्ता गरि प्रमाणपत्र समेत उपलब्ध गराएको छ ।
१३ वडा रहेको नगरपालिकाका अधिकांश व्यवसायीहरू बिबिध कारणले दर्ता प्रकृयामा नआउँदा नगरपालिकाले अपेक्षित राजश्व समेत उठाउन नसकेकोले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रुपमा यो कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ । ‘जहाँ व्यबसाय त्यहाँ दर्ता’, कार्यक्रमको प्रभावकारी कार्यान्वयन पछि सबै व्यवसायीहरू सूचिकृत भई मर्यादित व्यवसायको वातावरण समेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य संचालनमा समेत सहजता हुने दाहालले बताए ।

१५ श्रावण २०८०, सोमबार १५:१६



तपाईको प्रतिक्रिया