एनसेल टावरमा वा विस्फोट

सिन्धुली ।

एनसेलको टावरमा बम विस्फोट भएको छ ।

बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ स्थित रहेकाे एनसेल कम्पनी को नेटवर्क टावरमा प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डी.एस.पी. अनिल खड्काले पुष्टि गरेका छन् ।

विस्फोटबाट टावरका तारहरू जलेको छ । विस्फोट पश्चात टावर आसपासको क्षेत्रमा एनसेलको माेबाइल नेटवर्क सेवामा समस्या आएको छ ।

विस्फोट भएको ठाउँमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको डीएसपी खड्काले जानकारी दिए ।

२९ चैत्र २०८०, बिहीबार १२:५०



तपाईको प्रतिक्रिया