प्रथम बेलकोटगढी महोत्सवको उद्घाटन

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव आज बुधवार उद्घाटन भएको छ । महोत्सवको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गरेका हुन् ।

प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० दिन (कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म) सञ्चालन हुने छ ।

महोत्सव स्थल केउरीनीको त्रिशुली नदी बगरमा स्टल तथा खेल र मनोरञ्जनका सामाग्रीहरू व्यवस्थापन भइसकेको महोत्सवका व्यवस्थापक नविन केसीले जानकारी दिएका छन् । उनका अनुसार ११५ वटा स्टलहरू भरिएका छन् । अझै स्टलहरुको माग भएकोले स्टल थप गर्न लागिएको उनले बताए । ति स्टलहरूलाई बेलकोटगढी नगरपालिकाको पहिचान र उत्पादनले भरिभराउ पारिएको छ । साथै नुवाकोट जिल्लाका कृषि तथा परम्परागत उत्पादनले महोत्सवमा विशेष स्थान प्राप्त गर्ने छन् ।

आज बुधवारको महामेत्सव उद्घाटन समारोह बेलकोगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन भुजेलको सभापतित्वमा भइरहेको छ । महोत्सव उद्घाटनमा नुवाकोट र धादिङ्गका विभिन्न क्लव, विद्यलायको साँस्कृतिक झाँकीहरु प्रस्तुत भइरहेको छ । महोत्सवको आयोजना बेलकोटगढी नगरपालिका वडा नं. ५ ले गरेको हो । महोत्सवको सह आयोजकमा बेलकोटगढी नगरपालिकाको वडा नं. ५ बाहेकका सम्पूर्ण वडाहरू, संरक्षकमा बेलकोटगढी नगरपालिका र विशेष सहयोगी संस्थाका रुपमा जिल्ला समन्वय समिति नुवाकोट रहेको छ ।

देविघाट–गल्छी मुख्य सडकसंगै रहेको नदी किनारलाई महोत्सव स्थल बनाइएकोले दर्शकहरूलाई महोत्सव स्थलसम्म पुग्नक यातायातको कुनै अभाव र आवातजावतमा समस्या नहुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम समेत रहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती कमाएका ६० भन्दा बढी कलाकारहरूको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सव व्यवस्थापक केसीले बताए । उनका अनुसार महोत्सवमा झण्डै एक करोड रुपैयाँको कारोवार हुने अनुमान गरिएको छ । धादिङ नजिकै महोत्सव आयोजना भएकोले धादिङका व्यापारि, कृषक तथा दर्शकहरूले समेत महोत्सवबाट फाइदा र मनोरञ्जन लिनसक्ने बताइएको छ ।

१५ कार्तिक २०८०, बुधबार १६:५६



तपाईको प्रतिक्रिया