युनोप्स्मा फेरि अनियमितता: श्रीमतीले पनि पाए नियुक्ति

विदुर । भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मा फेरि अनियमितता सुरु भएको छ । लकडाउनको अप्ठ्यारो अवस्थामा कसैको आँखा नलाग्ने अनुमान गर्दै श्रीमान् श्रीमतीनै युनोप्स्का लागि जागिरे बनेका हुन् । फिल्डका लागि चाहिएको स्वास्थ्यकर्मीमा युनोप्स्का फोकल पर्सनले आफ्नै श्रीमतीलाई राखेका छन् ।

भुकम्पपछि नुवाकोटको पुननिर्माण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भारतिय परियोजना सुरुवात देखिनै विवादित छ ।

भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मार्फत् सञ्चालन गरेको कार्यक्रममा फेरि अनियमितता भेटिएको छ । कोभिड–१९ का कारण भएको लकडाउनका कारण रोकिएको कामलाई युनोप्स्ले सुरु त गर्यो तर आफन्तलाई कर्मचारीको रुपमा भर्ती गरेर ।

विदुर नगरपालिका वडा नं. ३ सिर्खालीमा पाँच विपन्न परिवारका लागि युनोप्स्ले घर बनाउने तरखर गरेको छ । त्यहाँ काम गर्न आउनेहरुको स्वास्थ्य परिक्षणका लागि भन्दै युनोप्स्ले स्टाभ नर्सलाई राखेको छ । ‘त्यो पनि विना प्रतिस्पर्धा, विना सूचना र विना प्रक्रिया’, एक जनाले भने– ‘बुढा विदुर कार्यालयमा, बुढी सिरखालीमा, क्या गज्जव छ हामी त अन्तराष्ट्रिय संस्था हौं भन्नेको ।’


युनोप्स् नुवाकोटका जिल्ला ईञ्जिनियर तथा फोकल पर्सन निरज राउतको श्रीमती ईश्वरा खड्का नयाँ कर्मचारीका रुपमा भर्ती भएका हुन् । घर बनाउन आउनेहरुको शारिरिक तापक्रम परिक्षणका लागि उनलाई राखिएको हो । निरज राउत युनोप्स्ले नुवाकोटमा काम सुरु गरेदेखिनै छन् । उनका श्रीमती चाँही यो कोभिड–१९ को बन्दाबन्दी पछि विदुरमा देख्न थालिएको छ । विदुरका स्थानीयहरुले सुरुमा त लकडाउनका कारण श्रीमती यता ल्याएको बुझिरहेका थिए । तर जव हरेक दिन विहान १० बजे युनोप्स्को सवारी चढेर निस्कने र बेलुका ५ बजे विदुर फर्कने क्रम सुरु भयो अनि सुरु गरेर स्थानीयहरुले खोजिनीति । स्थानीयकै खोजिनीतिबाट पत्ता लाग्यो जागिरे बनेको ।

गएको मंगलवार यस प्रतिनिधि विदुर नगरपालिका वडा नं. ३ सिर्खाली पुग्दा ईश्वरा खड्का कार्यस्थलमा भेटिएका थिए । उनलाई युनोप्स्का फोकल पर्सन उर्फ श्रीमान् निरज राउतले बिहान १० बजे ल्याएर छाड्दा रहेछन् र साँझ लिन जाँदा रहेछन् । ‘उहाँ निरज सरको श्रीमती हो भन्ने सुनेको थिएँ, सबै लाने ल्याउने पनि गर्नुहुन्छ, भएरै त होला’ कार्यस्थलमा भेटिएका एक जनाले भने ।

यस विषयमा युनोप्स्का फोकल पर्सन उर्फ नयाँ कर्मचारीका श्रीमान् निरज राउतसंग सम्पर्क गर्दा कुरागर्न चाहेनन् । आफुलाई जानकारी नभएको र कर्मचारीको रुपमा अर्कै संस्थाले राखेको भन्दै राउत टक्टकिए । ‘रोलइन प्लाण्टले राख्ने हो हाम्रो स्टाफ उसलाई सोध्नु’ राउतले टेलिफोनमा भने– यसमा मेरो केही हात हुँदैन ।’ उनका अनुसार युनोप्स्लाई कर्मचारी रोलइन प्लाष्ट भन्ने अर्कै संस्थाले उपलब्ध गराउछ । त्यो संस्थालाई राउत र खड्का श्रीमान् श्रीमती हुन् भन्ने जानकारी हुँदैन । बेतुक जवाफ दिएका राउतले आफुले यस विषयका केही नबोल्ने जिकिर गरे । उनले युनोप्स्को नुवाकोट प्रमुख भएर बसेका एक विदेशी (सोनिया) वा परियोजनाका समन्वय अधिकृत बन्दना सिन्हालाई सोध्न भने । ‘सोनियालाई नसोध्ने भए मिडिया कोअर्डिनेटर छ बन्दना, उहाँलाई सोध्नु नी यो विषयमा मलाई केही थाहा छैन, सबै उहाँहरुले नै बताइदिनुहुन्छ’ राउतले भने ।

राउत युनोप्स्मा जिल्ला ईञ्जिनियरको रुपमा कार्यरत रहेको उनको फेसबुक स्टाटसमा पनि देखिन्छ । तर उनको जिम्मेवारी फोकल पर्सनको छ । विदेशी एक महिला सोनिया आउनुपुर्व उनै राउत नुवाकोट प्रमुखको जिम्मेवारीमा थिए । युनोप्स्को सधै परिरहने लफडामा वर्ता गर्ने भन्दै हातमा डायरी बोकेर झण्डै वर्षदिनसम्म उनै राउत विदुरका अफिस अफिस र होटलहरुमा धाएका थिए । खासगरी युनोप्स् नुवाकोटको परिचालन र आन्तरिक योजनाकारमा उनी छन् । संस्थामा ‘राम्रै होल्ड’ राखेका निरज राउतले आफ्नो श्रीमतीलाई सुहाउदो र आफ्नो श्रमीमतीको मापदण्ड पुग्ने कर्मचारीको पद सृजना गराएर आजको आजै नियुक्ति दिने गरी ‘अफिसियल’ काम अगाडी बढाएका थिए ।

युनोप्स्मै काम गर्ने कर्मचारीहरुले पनि भर्खरै थाहा पाउन थालेका छन् की, राउतले श्रीमतीलाई नियुक्ति दिएको । सुरुमा संगसंगै देखिएका उनीहरुलाई घनिष्ठ साथीका रुपमा अन्य कर्मचारीले बुझेका थिए । पछि श्रीमान् श्रमिती नै हो भन्ने थाहा पाएपछि अन्य कर्मचारीहरु झस्याङ्ग भएका छन् । त्यही संस्थाका काम गर्न ‘पापड बेलेर’ नियुक्ति लिएकाहरुले अहिले भनिरहेका छन् कि ः ‘श्रीमतीले जागिर खान त केही बेल्न नपर्दो रहेछ त ।’

२१ असार २०७७, आईतवार ११:१९



तपाईको प्रतिक्रिया