पत्रकार खनाल आइसोलेसनबाट फर्किए

विदुर । पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल कोरोना निको भएर गएर राती घर फर्किएका छन् । भदौ ३ गते साँझ त्रिशुली अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका खनाल पाँच रातपछि घर आएका हुन् । भदौ ५ गते कोरोना परिक्षणका लागि उनको पुनः स्वाव संकलन गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएपछि उनी घर आएका हुन् ।

साउन २८ गते संकलन भएको उन स्वाव परिक्षणमा कोरोनाको संक्रमण भेटिएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमा राखिएको उनीमा कोरोनासंग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिए । ‘स्वाव संकलन अघि पनि र अस्पताल बस्दा पनि मलाई कोरोनाको कुनै लक्षण नै देखिएन, पत्रकार खनालले भने–पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि म हिजो (सोमवार) राती १० बजे घर आएँ ।’

उनको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव परिक्षणको नतिजा पनि हिजो नै नेगेटिभ आएको छ । उनको प्रत्यक्ष सम्पर्कमा रहेका ७८ जनाको स्वाब संकलन भएको थियो । स्वाब संकलन गरेसँगै नगरपालिका वडा नमबर ४ को निश्चित क्षेत्र पुर्ण रुपमा शिल गरिएको थियो । विदुर नगरपालिकबाको पुरानो कार्यालय वरपरको चार सय मिटर क्षेत्र भदौ ३ गते साँझ देखि शिल छ । अहिलेसम्म शिल कायमनै रहेपनि त्यस क्षेत्रमा आउजाउ भने खुकुलो भएको छ ।

९ भाद्र २०७७, मंगलवार १५:२२



तपाईको प्रतिक्रिया