साथी सहकारीको १२ औं बार्षिक साधारण सभा

विदुर । साथी उपभोक्ता सहकारी संस्था लिमिटेड बट्टारको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष राजनमान श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोकुलबहादुर श्रेष्ठले बजेट, कार्यक्रम तथा प्रगती विवरण, लेखा सुपरिवेक्षण समितिका संयोजक रोमनाथ आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोकर्णनाथ न्यौपाने उपभोक्ता सहकारी संस्थाहरु मध्येमा साथी सहकारीले गरेको कार्य र शेयर सदस्यहरुका लागि सञ्चालन गरिरहेको गतिविधिको प्रशंसा गरेका छन् । उनले एक दशकको अवधीमा साथी उपभोक्ता सहकारीले गरेको कार्य र शेयर सदस्यहरुको आर्थिक उन्नती अन्य सहकारी संस्थाहरुका लागि समेत प्रेरणाको विषय रहेको बताएका छन् ।

साधारण सभाको अवसरमा सहकारीका ब्यवस्थापक सुस्मिता श्रेष्ठ, पुर्व कर्मचारी मिना श्रेष्ठ, एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने आयुष बज्राचार्य, अंकिता बज्राचार्य र कृष श्रेष्ठलाई सहकारीले सम्मान गरेको छ । यस्तै बाल बचत तर्फ रिद्धिमा अधिकारी, अनमोल श्रेष्ठ, आर्यन खड्का, आयुष श्रेष्ठ, युनिसा अमात्य, युवानी अमात्य र सुदिप खड्कालाई पुरस्कृत गरेको छ ।

संस्थाको शेयर पुँजी ७६ लाख रुपैयाँ रहेको छ । सहकारीका सचिव जितेन्द्रराज भण्डारीका अनुसार शेयर सदस्यहरुको सुविधामा समर्पित साथी उपभोक्ता सहकारी संस्था लिमिटेडले विश्व महामारी कोभिडका कारण भएको लकडाउनको अवधिमा ब्याजमा समेत छुट दिएको थियो । ब्याजको हर्जनमा पूर्ण छुट सहित ब्याजमा नै १० प्रतिशत छुट दिएको सहकारीबाट ऋणी शेयर सदस्यहरु सुविधा प्राप्त गरेका थिए । त्यसका साथै सामाजिक सेवामा समेत सक्रिय साथी उपभोक्ता सहकारी संस्था लिमिटेडले देविघाटमा खानेपानीको ट्याङ्की स्थापना, कोभिडको उपचारका लागि त्रिशुली अस्पतालमा आइसियु बेड किन्नका लागि आर्थिक सहयोग लगाययतका गतिविधिहरु सञ्चालन गरेको अध्यक्ष राजनमान श्रेष्ठले जानकारी दिएका छन् ।

२५ पुष २०७८, आईतवार १९:५३



तपाईको प्रतिक्रिया