बागमतीका मेयर थापा विरुद्ध आरोपपत्र दायर, गैर कानूनी सम्पती ५ करोड

काठमाडौँ |

बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख भरत कुमार थापा विरुद्ध भ्रष्ट्राचार गरेको भनि विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

नगर प्रमुख थापाले श्रोत नखुलेको गैरकानूनी सम्पत्ती आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया ६६ पैसा सार्वजनिक पद धारण गरी भ्रष्टाचार गरेको देखिएको भन्दै आरोप-पत्र दायर गरेको हो ।

२०७४ असोज ७ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका मेयर थापाको २०७९ माघ २९ सम्मको कुल खर्च तथा लगानी रकम रु. १३ करोड २० लाख ३ हजार ३९१ रुपैया १४ पैसा देखिएको छ भने त्यस मध्ये साविकको सम्पत्ति एवं तलब भत्ता लगायत श्रोत खुलेको रकम ७ करोड ८६ लाख ५० हजार २०१ रुपैया ४८ पैसा देखिएको छ ।

बैद्य आय बाहेकको सम्पत्ति थापाले सार्वजनिक सेवाको पद पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको हुँदा उक्त रकम जफत/असुल उपर हुन मागदावी सहित आरोप पत्र दायर भएको जनाएको छ ।

मेयर भरत कुमार थापा नेकपा माओवादीको तर्फबाट निर्वाचित भएका हुन् ।

२८ चैत्र २०८०, बुधबार १७:१३



तपाईको प्रतिक्रिया