छ उद्योगीको सम्मान

विदुर । सातौँ उद्योग दिवस २०७८ को अवसरमा नुवाकोटका ६ जना उद्योगी सम्मानित भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जिल्लाका ६ जना उद्योगीलाई सम्मान गरेको हो । ‘स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित मनाइएको उद्योग दिवसमा स्थानीयस्तरमा रोजगार सिर्जना गरिरहेका खाद्य, पशुपालन तथा सिलाई र आरन उद्योगलाई सम्मान गरिएको कार्यालय प्रमुख रामप्रसाद भुषालले जानकारी दिए ।

सम्मानित हुने उद्योगमा मजुवादेवी कृषि फार्म बेलकोटगढी नगरपालिकाका अमारेका अमृत तिवारी, नारायणी बेकरी उद्योग विदुर–९ कोलनीका खिलबहादुर अधिकारी, त्रिशुली प्रडक्ट उद्योगका लक्ष्मी श्रेष्ठ, सडौला गाई फार्मका सरस्वती सडौला, विदुर नगरपालिका वडा नं. ८ को सुधारिएको आरनका विष्णु लोहार र सजना बुटिक उद्योगका सुजना नेपाली छन् ।

२३ मंसिर २०७८, बिहीबार १०:२३



तपाईको प्रतिक्रिया