राजेन्द्र श्रेष्ठ सम्मानित

नुवाकोट । नुवाकोट र धादिङबाट आर्थिक वर्ष २०७७–७८ सबैभन्दा बढी कर तिरेको भन्दै नुवाकोटका युवा व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मनित भएका छन् ।

आन्तरिक राजश्व विभागले विभिन्न क्षेत्र राजश्व भुक्तानमा उच्च योगदान गर्ने संस्थाहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले विभिन्न शिर्षकमा राजश्व तिर्ने अग्रणी संस्था तथा व्यक्तिलाई बुधबार सम्मानित गरेको हो।

यो वर्ष उद्योग व्यापार सेवातर्फ नुवाकोट विदुरका ऊँ शिवशक्ति सप्लायर्स प्रोपाईटर राजेन्द्र श्रेष्ठ सम्मानित भएका छन्। करदाता सेवा कार्यालय गल्छीबाट ११औँ राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङ जिल्लाबाट बढी आयकर दाखिला गरी व्यक्तिगत आयतर्फ उत्कृष्ट करदाता छनौट भई श्रेष्ठ सम्मानित भएको कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठले जानकारी दिए । नुवाकोट उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७७–७८ नुवाकोट र धादिङ जिल्लाबाट सबैभन्दा बढी  कर तिरेका थिए ।

विदुर नगरपालिका वडा नम्बर ४ मा हार्डवेयर व्यवसाय संचालन गर्दै आएका श्रेष्ठले सम्मानले अझै बढी कर तिर्न प्रोत्साहन गरेको बताए । उनले निजि क्षेत्रलाई सरकारले प्रोत्साहन गरे अझै बढी व्यवसायीहरु करको दायरामा आउने बताए ।

संस्थागतमा कुल आन्तरिक राजश्व सबैभन्दा धेरै भुक्तान गर्नेमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । कार्य सम्पादनमा यसवर्ष उत्कृष्ट कार्य गरेकोले कर्मचारीतर्फ पारस खतिवडालाई सम्मानित गरेको छ ।

८ मंसिर २०७९, बिहीबार ०९:५३



तपाईको प्रतिक्रिया