पिसिआर मेसिन उपलब्ध हुने

विदुर । जिल्ला अस्पताल त्रिशुलीमा १ थान पिसिआर मेसिन उपलब्ध हुने भएको छ । अस्पतालको भौतिक संरचना निर्माण गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थत कोरियन सहयोग नियोग कोईकाले पिसिआर केसिन खरिद प्रकृया अगाडी बढाएको छ । कोईकाको आर्थिक सहयोगमा गुड नेबर्स ईन्टरनेसनल मार्फत पिसआर मेसिन जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध हुने भएको हो । गुड नेबर्स ईन्टर नेसनल नेपालका प्रतिनिधिले मेसिन खरिद प्रकृयामा गैसकेको बताए ।

मेसिन उपलब्ध गराउनको लागी स्वाथ्य मन्त्रालय र स्वाथ्य बिभासँग स्विकृति माग गरेको छ । अस्पातलमा पिसिआर मेसिन आबाश्यक रहे नरहेको बिषयमा अध्यन सम्पन्न भएको र आबाश्यक प्रकृयामा गैसकेको गुड नेबर ईन्टरनेसनलका प्रतिनिधि राम नरेशले बताए ।

यस भन्दा अगाडी नै कोईकाले गुड नेबर्स मार्फत पिसिआर मेसिन उपलब्ध गराउनको लागी अध्ययन भैसकेको थियो । पिसिआर मेसिन आबाश्यक देखिए पनी जिल्ला संकट ब्यबस्थापन केन्द्रले तत्कालको लागी आबाश्यक नरहेको जनाएको थियो । नागरिक तहको जनदबाब बढेसँगै जिल्ला संकट ब्यबस्थापन केन्द्रले पिसिआर मेसिन आबाश्यक्ताको बिषयमा सम्भाब्यता अध्यन गर्न कार्यदल समेत निर्माण गरेको थियो । कार्यदलले मेसिनको लागत र ब्यबस्थापनको पाटोमा चुनौती रहेको भन्दै उच्च लागत सहितको प्रतिबेदन केन्द्रको बैठकमा पेस गरेको थियो । बैठकमा पेस भएको प्रतिबेदनमा लागत ब्यबस्थापन मा कठिनाई भएको भन्दै पुनः कोईका र गुड नेबर्सलाई आबाश्यक समन्वयको लागी माग गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालय नुवाकोटको नेतृत्वमा भएको संभाब्यता अध्ययन समितिले तत्कालै पिसिआर मेसिन ब्यबस्थापनको लागी ३ करोड ३६ लाख रुपैयाँ लाग्ने प्रतिबेदन संकट ब्यबस्थापन केन्द्रको बैठकमा पेश गरेको थियो ।

प्रदेशसंग पनि माग

जिल्लामै स्वाब परिक्षणका लागी पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि नुवाकोटबाट बागमती प्रदेशलाई माग भएको छ ।

कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मं्रगलवार बसेको बैठकले नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको कोरोना परिक्षणका लागि त्रिशुली अस्पतालमा ल्याव सञ्चालन गर्ने गरी प्रस्ताव गएको छ । अघिल्लो महिना गठन भएको सम्भाव्यता अध्ययान समितिले प्रतिवेदन बुझाएसंगै यसको सुरुवात भएको हो । त्रिशुली अस्पताल र स्वास्थ्य कार्यालय नुवाकोटले ल्याव सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा सम्पन्न संकट ब्यवस्थापन केन्द्र सिएमसीको बैठकले त्रिशुली अस्पताललाई ३० बेडको आइसोसेलन बनाउने निर्णय गरेको छ । त्यस्तै खरानीटार अस्पतालमा दुई बेड थप गरेर आइसोलेसनको संख्या १० पु¥याइने छ । त्रिशुलीमा रहेको शैक्षिक तालिम केन्द्रमा पनि आइसोलेसन सञ्चालन हुने भएको छ । त्यहाँ २५ बेडको आइसोलेसन रहने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

२५ असार २०७७, बिहीबार १३:३६



तपाईको प्रतिक्रिया