ट्राफिक जरिवाना बढाउने तयारी

फाईल तस्विर

काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हाल कायम रहेको ट्राफिक जरिवानाको दर बढाउने बताएका छन् । ट्राफिक सचेतना अभियानको क्रममा लामिछानेले विभिन्न ट्राफिक नियमहरु उल्लङ्घन गरेबापतको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँको एक साता लामो सडक सुरक्षा सचेतना अभियान आयोजना गरेको छ । ट्राफिक प्रहरीहरुलाई भत्ताको व्यवस्था गरिने बताएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब ट्राफिकहरुको बोली नरम र कारबाही कडा बढाइने उल्लेख गरेका छन् ।

नेपालमा रोड टेस्ट बिना सवारी चालक अनुमति पत्र प्रदान गर्दा समेत दुर्घटनाको जोखिम बढिरहेको हुँदा उक्त प्रणालीमा समेत सुधार ल्याउनुपर्ने बताएका छन् ।

२ बैशाख २०८१, आईतवार १५:३३



तपाईको प्रतिक्रिया