मलामी बोकेको जीत दुर्घटना, एकको मृत्यु

गुल्मी

गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै जिपमा सवार १२ जना घाइते भएका छन् ।

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए ।

सवारी चालक सहित घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

१६ बैशाख २०८१, आईतवार १२:२६



तपाईको प्रतिक्रिया