प्रेमका लागि सुन्दर बहाना भ्यालेनटाइनस् डे

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ । सम्भवत यस्तै मान्यताले नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाइने गरिन्छ ।

भ्यालेन्टाइन पश्चिमा संस्कृति भएपनि संसारलाइ प्रणय सूत्रको सन्देश सिकाउनु कुनै नराम्रो कार्य अबश्य होइन् । संसारमा हत्या, हिंसा र मानवीयताको खडेरी परिरहेको समयमा प्रेमको भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो । प्रेम विश्वास हो, प्रेम जीवन जीउने आधार हो अनि प्रेम एक सुन्दर रचना हो । यसकारण, प्रेमको कुनै खराबी देखिदैनन् । न त प्रेम भन्ने शब्द आफैले कुनै अशोभनीय अर्थ बोकेको छ । एकपटक गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि, जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरूले पनि अंकमाल गरिरहेका हुन्छन् । प्रेम अनुभुतिको खाँचो मानिसलाई मात्रै होइन पशुलाई पनि हुन्छ । प्राणीहरू पनि अब्यक्त प्रेम गरिहेका हुन्छन् । यसकारण प्रेम समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजिव भावनाहरूको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ ।
यसरी भयो सुरु
खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले भ्यालेनटाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।
भ्यालेनटाइन गिफ्ट
भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् ।
प्रेम सप्ताह
पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

७ फेब्रुअरी : यो दिनलाइ च्यकभ म्बथ रुपमा मनाइन्छ । यो दिन आआफ्नो प्रेमीलाइ वा मन पराएकोलाइ रातो गुलाव दिएर आफूप्रति आकषिर्त गर्ने गरिन्छ । हिटलरले पनि आफ्नी प्रेमिका इभालाइ ७ फेब्रुअरीमा रातो गुलाव उपहार दिएको किम्वदन्ती छ ।

८ फेब्रुअरी : ८ फेब्रुअरीलाई प्रपोज डेकोरुपमा मनाइने गरिन्छ । यो दिन आफूलाइ मन परेको मान्छेसंग सम्मान सहित निर्धक्क प्रेम प्रस्ताब राख्न सकिन्छ । यदि तपाइको दिलमा कोही छ भने यो दिन ढुक्कसँग प्रेम प्रस्ताब राख्न सक्नुहुन्छ तर प्रतिउतर जे भएपनी सहर्स स्विकार्न भने तयार रहनुपर्छ ।
९ फेब्रुअरी : ९फेब्रुअरीलाई चकलेट डेकोरुपमा मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक हुन सकिन्छ । मीठो खानेकुरासँगै माया पनि झाँगिदै जाने विश्वास छ । स्वादिलो चकलेटले मायालाइ अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।
१० फेब्रुअरी : १० फेब्रुअरीलाई टडी डे को रुपमा मनाइने गरिन्छ । टेडी एकदमै नरम र मुलायम खालको हुन्छ । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेडी गिफ्ट दिने गरिन्छ ।
११ फेब्रुअरी : ११ फेब्रुअरीलाई प्रोमिस डे का रुपमा मनाइन्छ । यो दिन आफ्नो मायालुसँग प्रेमलाई सधै सार्थक पार्ने कसम खाइन्छ । अर्थात्, मायामा विश्वासको कदम बलियो बनाउने यो विशेष दिन हो । जीवनभर अटुट साथ दिने वाचा जोडीहरूले यस दिन खाने गर्दछन् ।
१२ फेब्रुअरी : १२ फेब्रुअरी हग डे हो । यो दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमीहरूले आफ्नो प्रेमको गहिरो अनुभुति ब्यक्त गर्ने गर्दछन् । यो दिन तपाइले आफ्नो प्रेमिलाई जाँच्ने दिन पनि हो । उसले कति टाइट हग गर्छ यसबाट प्रेमप्रतिको समर्पण मापन गर्ने गरिन्छ । प्रेमीले यदि टाइट हग गरेन भने बुझ्नुस् कि त्यो प्रेम झुटो हो । अनि, आलिंगनमा बाँधिदा तपाइँको प्रेमीको धड्कनमा एक प्रकारको सान्त भाव पाउँनु भयो भने त्यो प्रेम
साँच्चीकै अमर हो भनेर बुझ्नुहोस् ।
१३ फेब्रुअरी : फेब्रुअरी १३ एक महत्वपूर्ण दिन हो । यसलाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइने गरिन्छ । यसदिन आफ्नो प्रेमिलाई यहाँले मायाको जादु देखाउन सक्नुहुन्छ । यस दिनमा आफ्नो मायालुलाई सुमधुर चुम्बन गरेर आफ्नो अपार माया ब्यक्त गर्न सकिन्छ ।
१४ फेब्रुअरी : यो अन्तिम तथा बिशेष दिन हो अर्थात् भ्यालेन्टाइन डे । यसअघि मनाइएको सबै दिनको स्वादसँगै चाख्ने दिने हो यो । यो दिनमा प्रेमीहरूबीच रहेका तीतामीठा सबै भावना खुलस्त एकअर्कालाई भनेर सेतो पर्दाजस्तो सफा हृदय बनाउनुपर्ने हुन्छ । यस दिनलाई यादगार बनाउन कुनै महंगो उपहार होइन् कुनै अर्थपूर्ण उपहार आफ्नो प्रेमीलाई दिनुहोस् जसले तपाइँको प्रेमलाई सधै ताजा बनाई राखोस् । कुनै नव प्रेमीले आफुले मन परेको मन्छेलाई जे जस्तो प्रतिक्रिया आएपनि प्रेमको प्रस्ताब राख्ने यो एक उत्तम दिन हो । यो दिन जो सुकैलाई प्रेम प्रस्ताब राख्न खुल्ला छ । तर कसैलाई परिक्षण गर्ने गरि र कसैलाई होच्याउने ढंगले प्रेम प्रस्ताब भने नराख्नुहोस् । भित्री मनदेखी चाहनु हुन्छ भने मात्रै प्रेम प्रस्ताब राख्न सक्नु हुन्छ । यो दिनलाई अत्यन्नै स्मरणीय बनाउनुहोस् यो दिन सकेसम्म पहिलो भेटमा रातो गुलाव दिएर माया ब्यक्त गर्नुहोस् ।
गुलाबका रङहरूको बिषेशता
गुलावको फूलका रङहरू पनि आ–आफ्नै विशेषता छन् । रातो गुलावले एकदमै गाढा प्रेममा रहेको जनाउन्छ । यदि कसैले रातो गुलाब सहर्ष स्विकारे उ तपाईको प्रेममा मदहोस छ भनेर बुझिन्छ । पहेलो रङको गु्लाबको फूल भर्खर सुरु भएको मायामा लागू हुन्छ । कुनै साथीलाई मन पराइएको छ तर अभिब्यक्त गर्न सकिएको छैन भने पहेलो गुलावबाट सुरु गर्नुहोस् । पहेलो गुलाव दिनुको अर्थ निकटता जनाउनु र कसैलाई केयर गर्छ‘ भन्ने हो । यसले मित्रताको सुत्रलाइ सुरुवात गरेको बुझिन्छ जुन पछि प्रेममा बदलिन्छ । सेतो गुलावले पवित्र सम्बन्धलाइ जनाउँछ जुन तपाइले जो सुकैलाइ जतिवेला पनि दिन सक्नुहुन्छ । तपाइँ कालो गुलाव भने प्रयोग नगर्नुहोस् त्यो कालो गुलाव पीडाको संकेत हो ।

२ फाल्गुन २०७८, सोमबार १६:४६



तपाईको प्रतिक्रिया