लकडाउनको तीन महिनामा २१ घटना

विदुर । २०७६ सालको चैत्र देखि २०७७ सालको जेठ मसान्तसम्मको अवधिमा महिला हिंसाका २१ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । तीन महिनाको अवधिमा जवर्जस्ती करणीका ५ वटा र जर्वजस्ती करणी उद्योगका २ वटा घटनाहरु दर्ता भई अनुसन्धान भइरहेको छ ।

यसैगरी बालयौन दुराचारका ३ वटा घटना, बहुविवाहको २ वटा र एउटा वालविवाहको घटनापनि नुवाकोट प्रहरीमा दर्ता भएको छ । घरेलु हिंसाका ८ वटा घटनाहरु दर्ता भएकोमा ४ वटामा मिलापत्र भई एउटा घटना न्याय निरुपणका लागि जिल्ला अदालत पुगेको नुवाकोट प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिनुभएको छ ।

तीन महिनाको अवधिमा नुवाकोटमा १४ जनाले आत्महत्या गरेका छन् । बिष सेवन गरेर ४ जना, झुण्डिएर ९ जना र पानीमा डुबेर एक जनाले आत्महत्या गरेका छन् ।

नुवाकोट जिल्लाबाट यही लकडाउनको तीन महिनाको अवधिमा ६ जना हराएको ३ जना मात्रै फेला परेका छन् । ५ जना महिला र एक बालिका हराएकोमा ३ जना महिला फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

२० असार २०७७, शनिबार ११:१३



तपाईको प्रतिक्रिया