हतियार सहित समातिएका दुई जना जेल चलान

विदुर । असार ११ गते हतियारसहित पक्राउ परेका दुई जनलालाई नुवाकोट जिल्ला अदालतले जेल चलान गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ बैदुंगाका ४२ वर्षिया बिरबहादुर मोक्तान र ४६ वर्षिया श्यामबहादुर मोक्तान जेल चलान भएका हुन् ।

असार ११ गते साँझ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको कालीजंग गण अन्तर्गत माल भन्ञ्ज्याङ पोष्ट र शिखर बेसी रेन्जर पोष्टबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बन्यजन्तु मारेको आशंकामा पक्राउ गरेको थियो । पक्राउ परेको उनीहरुको घर खानतलासी गर्दा हतियार भेटिएको हो । भरुवा बन्दुक एक थान, त्यसको बारुद २० ग्राम र बन्दुकको पाटपुर्जा दुई वटा फेला परेको थियो ।

आखेटोपाहार सम्बन्धी कसुरमा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवा धुन्चेमा मुद्दा दर्ता भै कारवाही चलिरहेकमा उनीहरुको साथबाट बरामद अबैध हात हतियार नुवाकोटमा फेला परेकोले नुवाकोटमा उनीहरु माथी हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनीहरुलाई अहिले जिल्ला कारागार नुवाकोटमा राखिएको छ ।

८ श्रावण २०७७, बिहीबार २०:२०



तपाईको प्रतिक्रिया