पेस्तोलसहित शिखरबेंसीका दुई पक्राउ

विदुर । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोल सहित नुवाकोटका दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने २७ वर्षीय विकास पण्डित र २८ वर्षीय अमर तामाङलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले दुई पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरेको छ । उनीहरु हतियारको कारोबारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

९ भाद्र २०७७, मंगलवार १३:०८



तपाईको प्रतिक्रिया