जन्मदिन अनाथ बालबालिकासित

विदुर । बट्टारका १३ वर्षीया बालिका पलक शाहले आफ्नो जन्मोत्सव अनाथ बालबालिकाहरुसँग मनाएका छन् ।

आमाको माया छात्राबासमा रहेका बालबालिकाहरुसँग पलकले आफ्नो १३ वर्षको जन्मदिन मनाएका हुन् । सामाजिक कार्यको लागि आफुले दैनिक रुपमा खुत्रुकेमा जम्मा गरेको रकमबाट आफुजस्ता बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाएको उनले बताए । उनले छात्राबासका बालबालिकालाई खाद्यान्न, कमपडा दिएका छन् । पलकका बुबा प्रमोद शाहका अनुसार छात्रावासका १२ बालबालिकालाई सहयोग गरिएको छ ।

८ श्रावण २०७७, बिहीबार २१:१७



तपाईको प्रतिक्रिया