प्रवक्ता सापकोटासहित तीन घाइते

नुवाकोट | विभिन्न ४० बुँदे माग राखी काठमाडौंमा राप्रपाले गरेको प्रर्दशनमा नुवाकोटका विष्णुप्रसाद सापकोटासहित तीन जना घाइते भएका छन् ।

काठमाडौंको भद्रकाली अगाडी भएको प्रदर्शनमा राप्रपाका बागमति प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटासहित राप्रपा कार्यकर्ताहरु घाइते भएका हुन् । सापकोटाको अवस्था सामान्य रहेपनि दुई जना घाइतेहरुको भने काठमाडौंमा उपचार भइरहेको छ । एक जनाको दुवै खुट्टा भाँचिएको छ भने अर्का एक जना घाइते भएका छन् । सापकोटाको भने हात र जीउमा सामान्य चोट लागेको छ ।

प्रदर्शन उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता र प्रहरीबीच सिंहदरबार नजिक पुग्दा घम्साघम्सी भएको थियो । भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर राप्रपाका कार्यकर्ता सिंहदरबार अगाडीसम्म पुगेका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि भएको झडपमा तीस भन्दा धेरै प्रदर्शनकारी घाइते भएको राप्रपाले जनाएको छ ।

२८ चैत्र २०८०, बुधबार ११:२२



तपाईको प्रतिक्रिया