स्थानीय सरकारको घुम्ती शिविर

परिचय पत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुमन तामाङ । तस्बिर : पुण्यप्रभा ढुङ्गाना

रानीपौवा । नुवाकोटको एक स्थानीय सरकारले गाउँगाउँमै पुगेर नागरिकहरूलाई सेवा दिन थालेको छ । सिंहदरवारको अधिकरा गाउँ गाउँमा पु-याउने अभियान अन्र्तगत ककनी गाउँपालिकाले आफ्नो सेवालाई घुम्ती शिविर मार्फत् फैलाएको हो ।

ककनी गाउँपालिकाद्वारा आयोजित एकदिने एकीकृत घुम्ती शिविरबाट सयौं नागरिकहरूले सेवा लिएका छन् । गाँउपालिकाको वडा नम्बर २ शिवालय सहकारी भवन, बिरुवामा आयोजना गरिएको शिविरबाट गाँउपालिकाको कार्यालयले दिने सम्पुर्ण सेवाहरू दिईएको थियो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम बमोजिम सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जनबाट जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । पालिका तथा वडाहरूबाट प्रदान गरिने सेवाहरूलाइ गाउँ गाउँमानै पुगेर सहजीकरण गर्ने उद्देश्यले गाँउपालिकाको सामाजिक विकाश शाखावाट ८० जनाको जेष्ठ नागरिक परिचय पत्र वितरण, ३ जना अपाङता परिचयको लागि निवेदन आएको र १८ जनाको घटना दर्ता र सिफारिस गरिएको प्रमुख प्रसासकिय अधिकृत गिताकुमारी शर्माले बताइन् ।

कृषि विकाश शाखावाट ६५ जनालाई रोग किरा सम्वन्धी औषधी वितरण गरिनुका साथै कृषकहरूलाई रोग सम्बन्धी परामर्श दिइएको, पशुसेवा शाखावाट १२७ जना किसानको २२० वटा गाई भैसिको गोवर परिक्षण, कृतिम गर्वाधान तथा २१० वटा पशुलाई पुग्ने नाम्ले जुकाको निःशुल्क औषधि वितरण गरिएको गाँउपालिकाले जनाएको छ ।

योजना शाखाबाट प्रक्रिया पूरा भएका योजनाहरूको सम्झौता गरिएको र स्वास्थ्य शाखावाट १२१ जनालाई निशुल्क सुगर तथा रगत परिक्षण र सोहि परिणाममा औषधी वितरण गरी अशक्त बिरामिहरूका घरमै पुगि स्वास्थ्य परिक्षण गरिएको छ ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुमन तामाङले आर्थिक स्थिती कमजोर भई उपचार गराउन नसकेका आफ्नो पालिकाका असक्त बिरामिलाइ गाउँपालिकाको तर्फबाट सहयोगको ब्यबस्था गरिने बताए । साथै नागरिकहरूको सेवाको लागी गाँउपालिकाले गर्नसक्ने सहयोगको कुनै कसुर बाँकी नराख्ने अध्यक्ष तामाङले बताएका छन् ।

उक्त घुम्ती शिविर कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गिताकुमारी शर्माले नागरिकहरूको सेवामा सहजिकरणका लागि सधै तत्पर रहने र आफ्नो काम र कर्तव्यबाट पछि नहट्ने बताइन् ।

१६ माघ २०७९, सोमबार ०५:३५



तपाईको प्रतिक्रिया