संकटको श्रोतनै सरकार : केसी

विदुर । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले संकटको श्रोतनै सरकार रहेको आरोप लगाएका छन् ।

केसीले सामाजिक सञ्जाल मार्फत कोरोनामा सरकारी भ्रष्टाचार मिसिएपछि बिकराल स्थिति आउने खतरा रहेको उल्लेख गरेका छन् । कोरोना महामारीको रोमथामको लागी नाममा लगातार निषेधाज्ञा मात्रै जारी गरेको सरकारले पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ् र प्रतिरोधात्मक उपचारका उपाय अबलम्बनमा ध्यान नदिएको उनको दावी छ ।

अन्तर्राष्ट्रिय बजारमा लिलामी दाममा पनि नकिनेर सबैले छोडेका महामारी उपचारका सामग्री परल मूल्यभन्दा कयौं गुणा महँगोमा किनेको बिल बनाएर सामग्री आयात गरेको प्रमाण रहेको उनले बताए । कोरोनामा सरकारी भ्रष्टाचार मिसिएपछि बिकराल स्थिति आउने खतरा रहेको उनको भनाई छ ।

यसै विषयमा खबरपेजले उनीसंग लिएको प्रतिक्रृयाको केही अंश उनकै आबाजमा । (अडिओ)

१५ भाद्र २०७७, सोमबार १०:५८



तपाईको प्रतिक्रिया