कांग्रेसले मनलाग्दी बोलेको आरोप

काठमाडौं

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोल्दै आएको आरोप लगाएका छन्।

अघिल्लो गठबन्धन सरकारमा सहभागी रहेको नेपाली काँग्रेस पार्टी अचानक विघटन पछाडी सरकारबाट बाहिरिन बाध्य भएको हुँदा त्यही पीडा र आक्रोशले गर्दा मनलाग्दी बोलिरहेको प्रतिनिधि सभाको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा बताएका छन् ।

संसदीय प्रणालीलाई रक्षा गर्नु सबै सांसदहरुको दायित्व भएको हुँदा पहिले जस्तो ढिपी र जिद्दीमा जाने बानी नेपाली कांग्रेसले सच्याउँदै संयमित ढङ्गबाट समाधानका उपाय खोज्न समेत आग्रह गरेका छन् ।

अघिल्लो सरकारबाट त्यति राम्रो ध्यान नपुराएको हुँदा अब आएको नयाँ सरकारले दृढता देखाएता पनि पनि वर्तमान सरकार भरखर आएको हुँदा धेरै विधयक पारित हुन नसकेको उल्लेख गरेका छन् ।

२ बैशाख २०८१, आईतवार १७:०३



तपाईको प्रतिक्रिया