बिष्णुराज नेपाल रेडक्रसको केन्द्रीय उपाध्यक्ष

बिष्णुराज नेपाल

विदुर । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । मन्त्री परिषद्को निर्णय अनुसार प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।

समितिको उपाध्यक्ष बिष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेंजु, उप–महामन्त्रीमा मनोजकुमार थापा, उप–कोषाध्यक्षमा भगवती शर्मा छन् ।

उपाध्यक्ष बिष्णुराज नेपाल नुवाकोटका हुन् । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका पुर्व सभापति नेपाल यस अघि रेडक्रसको केन्द्रीय उप–कोषाध्यक्षमा रहेर काम गरिसकेका छन् । उनी हाल सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष पनि छन् ।

२०५० सालमा झिल्टुङ उप शाखाका संस्थापक सभापति बनेका बिष्णुराज नेपाल त्यही साल नेपाल रेडक्रस सोसाइटी नुवाकोटका जिल्ला कार्य समिति सदस्य बनेका थिए । २०५४ सालदेखि २०५८ सालसम्म जिल्ला शाखाको मन्त्री बनेका उनी २०५८ देखि २०६६ सालसम्म नुवाकोट रेडक्रसको सभापति बनेका थिए ।

२०६७ सालमा रेडक्रसको केन्द्रीय सदस्य बनेका उनी केन्द्रीय उप–कोषाध्यक्ष हुँदै कार्यबाहक कोषाध्यक्ष समेत बने । त्यस्तै २०७१ सालमा पुनः केन्द्रीय सदस्य बनेको नेपाल त्यस पटक केन्द्रीय संगठन तथा जनशक्ति समितिको सभापति बनेका थिए । २०७५ सालमा उनीले कार्यबाहक महामन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् ।

१५ पुष २०७८, बिहीबार १०:५१



तपाईको प्रतिक्रिया