गैससको कार्य विवरण सिएससीमा पेश गर्नुपर्ने

विदुर । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा, नुवाकोटले यहाँ कार्यरत गैर सरकारी संस्थाहरुसंग कोभिड–१९ (कोरोना भाइरस)को महामारीमा संयुक्तरुपमा लड्नका लागि अपिल गरेको छ । आज गैसस नुवाकोटको समन्यवमा नुवाकोट जिल्लामा कार्यरत संघ संस्थाहरुको बैठक भरच्युयल माध्यमबाट बसेको छ ।

विश्व महामारीले नुवाकोटलाई समेत ग्रस्त बनाइसकेको र यसका विरुद्ध गैर सरकारी संस्थाहरु सक्रिय रुपमा नलागेको गुनासो बढ्न थालेको बेलामा भएको यो बैठकले केही कार्ययोजना र रणनीति तय गरेको छ । कोरना नियन्त्रणमा नेपाल सरकारले चालेका कदमहरुलाई सबै संस्थाहरुले एकताबद्ध भई सहयोग गर्ने र नुवाकोट जिल्लामा पछिल्लो समय सामुदायिक स्तरमा भई रहेको संक्रमण न्युनीकरणलाई मध्ये नजर गर्दै काम गर्ने सहमती जुटेको जिल्ला अध्यक्ष मिनकुमार केसीले जानकारी दिएका छन् । साथै कोरोना विरुद्ध काम गरेको गैर सरकारी संस्थाले सरकारी निकायमा आफ्नो कामको विवरण समेत बुझाउने भएका छन् ।

अध्यक्ष केसीका अनुसार बैठकले चार बुँदे महत्वपूर्ण निर्णय गरेको छ । अब नुवाकोटमा कार्यरत सबै सामाजिक संघ संस्थाहरुले यथासिघ्र कार्य योजना बनाई संस्थामा आबद्ध पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयेंवकहरु नेपाल सरकार तथा जिल्ला स्थित संकट ब्यबस्थापन केन्द्र (सिएससी), सम्बन्धित पालिका तथा वडासंग समन्यव गरी जनचेतना जगाउने तथा रोकथामका लागि अन्य कार्यका लागि परिचालन हुने भएका छन् ।

कोरना महामारी पछि २०७६ देखी हालसम्म नुवाकोट जिल्लामा कार्यरत सबै सामाजिक संघ संस्थाले गरेका कार्य प्रगती बिबरण यथासिघ्र जिल्ला संकट ब्यस्थापन केन्द्र तथा स्थानीय पालिकाहरुमा पेश गर्नु पर्ने भएको छ ।

नुवाकोट जिल्लामा कार्य क्षेत्र भै काम गर्ने सबै राष्ट्रिय अन्तराष्ट्रिय गैसस लगायत सबै दातृ निकायलाई कोरना महामारीका लागि नुवाकोट जिल्लालाई थप श्रोत साधन परिचालन गराउने र समुदायमा मास्क जस्ता अत्याआबश्यक सामग्रीहरु पुरयाउने तथा कोरना महामारी पछि आउने संकट समाधानका लागि कार्य गर्न अनुरोध समेत गर्ने निर्णय भएको अध्यक्ष केसीले जानकारी दिए ।

सामाजिक संघ संस्थाहरुले आफु कार्यरत कार्य क्षेत्रको वडाहरुसंग समन्यव गरी वडा अध्यक्षको संयोजकत्वको समितिलाई सहयोग पु¥याउनका लागि संस्थामा कार्यरत जनशक्तिहरु मध्ये हरेक संस्थाबाट २ जनालाई उक्त कार्य तथा कोरना रोकथामका लागि यथासिघ्र भरच्युयल अभिमुखीकरण सञ्चालन गर्न निर्देशक गरेको छ । त्यसको जिम्मा चोकराज शाक्य र निलकण्ठ आचार्यले पाएका छन् ।

३१ श्रावण २०७७, शनिबार २०:५०



तपाईको प्रतिक्रिया