स्थानीय सरकार र गैससबीच नमूना सहकार्य

स्थानीय सरकारको प्रतिनिधिसंग अन्तरक्रिया गर्दै पञ्चकन्या–१ का नागरिकहरू । तस्बिर : सुजित भण्डारी

पञ्चकन्या । २०७२ सालमा साविकका शिवपुरी, थानापती, चौघडा र सुर्यमती गाविसमा ‘विपन्नताबाट मुक्तिका लागि स्वावलम्बन’ मार्फत नुवाकोट जिल्लाको विकासमा साझेदारी गर्न प्रवेश गरेको ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले तत्कालिन समयमा पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ आँपचौरमा २५५ घरधुरीको पुनःनिर्माणमा सहजिकरण गरेको थियो ।

बिनाशकारी भुकम्पले क्षक्षीग्रस्त भएका नागरिकहरूको निजी आबास पुनःनिर्माणसँगै गाँउपालिकाकै आग्रहमा पुनः बिकासमा साझेदारी गर्न सुरु गरेको छ । यस कार्यक्रमलाई भूकम्प प्रभावित समुदायको प्रतिरोधी क्षमता अभिवृद्धि परियोजना भनिएको छ । स्वावलम्बन विधी पद्धती अनुसार यस कार्यक्रमलाई लागू गरी परियोजनाको उद्देश्य हासिल गर्ने केन्द्रको सोच छ । यस कार्यक्रमलाई लागू गर्न माल्टेजर इन्टरनेशल र बिएमजेटबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

५ वटा वडा रहेको पञ्चकन्या गाँउपालिकामा सबै वडाहरूमा नागरिकहरूको प्रत्यक्ष जनसहभागितामा संस्थाले बिविध ४ क्षेत्रमा काम गर्दै आएको छ । बिनाशकारी भुकम्पका कारण क्षती भएको घरको पुनःनिर्माण सम्पन्न पछि उनीहरूको जिबिकोपार्जनमा सुधार ल्याउन आरएसडिसीले बिबिध ४ क्षेत्रमा काम गर्दै आएको छ । जसमा संस्थागत बिकास, जिबिकोपार्जन, खानेपानी तथा सरसफाई र प्रकोप जोखिम न्युनिकरणको बिधामा काम गर्दै आएको छ । सिञ्चाई कुलो निर्माण, उच्च स्थानमा पोखरी निर्माण, तरकारी खेतीको लागी टनेल सहयोग, प्लाष्टिक पोखरी निर्माण लगायतको कामलाई आरएसडिसीले महत्वपुर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय सरकारसँगको सहकार्यमा यस संस्थाले जर्मन सरकार मालटेजर ईन्टरनेसनलको आर्थिक सहयोगमा जनसमुदायको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर १ को झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले तरबुजा खेती सुरु भएको छ । केही समय अगाढीसम्म सामान्य रुपमा १/२ झाल तरबुजा रोप्नेहरू अहिले १०÷१२ रोपनीमा खेतीनै गर्न थालेका छन् । अरु खेती भन्दा तरबुजाको खेतीले राम्रो आम्दानी दिने देखेपछि यो खेतीमा आकर्षित भएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का मोहन लामिछाने बताउछन् ।

ठुलो क्षेत्रफलमा तरबुजाको खेती सुरुवात भएकाले पहिलो बर्ष बजारिकरणमा समस्या हुन सक्ने तर्फ समेत उनीहरू सचेत छन् । स्थानीय तह र ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले अहिलेबाटनै बजारको ब्यबस्थापन तर्फ ध्यान केन्द्रित गर्नको लागी उनले सुझाब दिएका छन् ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर १ कै राक्सेखोला हुँदै आँपचौर पुग्ने सिञ्चाईकुलो लामो समय देखि बन्द थियो । सिञ्चाईकुलो बन्द भएपछि आपचौरका नागरिकहरूले खेत बाँझै राख्ने गरेका थिए । तर अहिले ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सहयोगमा यही सिञ्चाई कुलोको पुननिर्माण सम्पन्न भएको छ । राक्क्षेश्वरी खोलाबाट आपचौरसम्म अहिले कुलोमा पानी बग्ने गरेको छ । लामो समयदेखि बन्द रहेको र जनसहभागितामै सञ्चालनमा आएको कुलोले त्यस क्षेत्रका नागरिकहरूलाई ब्यस्त बनाउन थालेको छ । खेतको सिरानबाट कुलो बग्न थालेपछि तरकारी खेती तथा नगदेबाली लगाउन थालिएको छ । बाँझै रहेको खेतबाट उब्जाउ भएपछि घरमा हरियो तरकारी खान पाएसंगै बिक्रिबाट सामान्य खर्च समेत पुग्न थालेको छ । घरको नुन तेल अहिले यहि सिञ्चाई कुलो मर्मत सम्भार जोहो गर्न सजिलो भएको नबराज राईले बताएका छन् ।

यो सिञ्चाई कुलोले अहिले झण्डै २ सय रोपनी क्षेत्रफलमा सिञ्चाई हुने गरेको छ । सिञ्चाईसँगै बस्तुभाउलाई खुवाउने पानीका लागि समेत सजिलो भएको छ । पञ्चकन्या गाउँपालिकामा आरएसडिसीले गरेको सिञ्चाईको काम यो प्रतिनिधिमुलक मात्रै हो । पञ्चकन्या गाँउपालिका क्षेत्रमा १० वटा सिञ्चाई कुलोको मर्मत सम्भार सम्पन्न भएको छ । संस्थाले राखेको रकम बराबर नै किसानहरूको जनसहभागिता रहेको छ । किसानहरूको प्रत्यक्ष सहभागितामा जनश्रमदान सहित मर्मत सम्भार सम्पन्न भएको सिञ्चाई कुलोले धेरैको जनजीवन फेरिदिएको छ ग्रामिण बिकास तथा स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटा बताउछन् ।

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले मर्मत सम्भारमा सहयोग गर्न‘ अघि पञ्चकन्या गाँउपालिका वडा नम्बर ५ को ठुलो खोला हुँदै छब्बिसे जाने सिञ्चाई कुलोमा पानी त के कुरा मान्छे हिढ्न समेत समस्या थियो । बिहानै कुलोमा पानी लिन हिडेका ब्यक्ति साँझसम्म नआईपुग्दा खोज्न जानु पर्ने बाध्यता थियो । तर अहिले मुहानबाट लगाएको पानी मान्छे भन्दा छिटो खेतमा आईपुग्ने गरेको छ । कुलो मर्मत गर्दा असजिलो स्थानमा पाईप राखिएको, मेसेनरी वाल लगाएका कारण मुलो मजबुत भएको किसान साहिला बरामले बताए ।

पञ्चकन्या गाँउपालिकाको ५ वटै वडामा न्युन आय भएका किसानहरूको लागी उद्यमशिलता तालिम समेत सञ्चालन गरेको छ । ब्यबसायिक रुपमा उत्पादन तथा बजारिकरणको लागी सुरुमा उद्यमशिलता तालिम सञ्चालन गरि उनीहरूलाई ब्यबसायिक बनाउन समेत संस्थाले सहयोग गर्दै आएको छ । कुखुरा पालन, टनेल खेती, सिलाई बुनाई र संस्थागत बिकास तर्फ संस्था केन्द्रित रहेको छ । केही किसानहरूलाई कुखुरा पालनका लागी भाँडाकँुडा समेत उपलब्ध गराएको छ । तालिम, ज्ञान सिप र दक्षतासँगै आबाश्यक औजार समेत सहयोग भएपछि कुखुरा पालनको सुरु समेत भएको छ ।

यस अघिका विभिन्न काम र परियोजनाबाट मनग्य आर्थिक उपार्जन गरेको पञ्चकन्या गाउँपालिका नागरिकहरूलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्र प्रायःका घरको राम्रो कमाई गर्ने परिवारको सदस्य जस्तै बनेको छ । पञ्चकन्या गाँउपालिकामा पछिल्लो समय सञ्चालन गरेको परियोजनामा झण्डै २ करोड रुपैयाँ भन्दा बढी समुदायमा खर्चेको ग्रामिण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका कार्यक्रम संयोजक धिरेन्द्र कुमार आरसीले जानकारी दिए ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ का रामबहादुर मिजारको जीवन अहिले फेरिएको छ । सामान्य रुपमा घरमा खेती किसानी गर्दै आएका उनलाई संस्थाले टनेल प्लाष्टिक सहयोग गरेको छ । अघिल्लो बर्षबाटनै उहाँले टनेलमा गोलभेडा लगाउन थालेका थिए । पहिलो बर्षनै टनेल मार्फत उनले २३ हजार रुपैयाँ कमाउन सफल भएसँगै फेरि टनेलमा गोलभेडा लगाएका छन् । संस्थाले टनेल सहयोग नगरेको भए अहिले ब्यबसायिक रुपमा खेती गर्ने तर्फ कल्पना समेत गर्न नसक्ने उनी बताउछन् । तर अब उनको सोच निक्कै फराकिलो बनेको छ । रामबहादुर मिजारले गोलभेडाबाट भएको आम्दानीले बाख्रा किनेर पाल्ने योजना बनाएका छन् ।

उनी जस्तै उर्जा भरिएको अर्का किसान हुन् पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ मानथोकका नबराज पण्डित । उनलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले १ थान प्लाष्टिकको पोखरी सहयोग गरेको छ । ब्यबसायिक रुपमा तरकारी खेती गर्ने सोच बनाउदै आएका उनलाई १ थान प्लाष्टिकको पोखरीले उर्जानै बेग्लै थपिदियो । अहिले उनले झण्डै ४ रोपनी क्षेत्रफलमा तरकारी खेतीलाई बिस्तार गरेका छन् । तरकारी खेतीको सिरानमा पोखरी निर्माण गरेर आबाश्यक्ताको आधारमा सिञ्चाईको ब्यबस्थापन पोखरी मार्फत भएको छ ।

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्यामा नयाँ ब्यवसायीको उत्पादनसँगै नयाँ कृषि उपजको समेत सुरुवात गरेको छ । महङ्गो मानिने सिताके च्याउको बिस्तार समेत परियोजनाले गर्दै आएको छ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ४ का हरिकृष्ण खनालले अहिले सिताके च्याउ काठमा रोपेका छन् । स्थानीय ६ जना मिलेर अर्मपर्म नै गरी ६ नै जनाले च्याउ खेतीको सुरुवात गरेका हुन् । थोरै स्थानबाट धेरै उत्पादन दिने र मनग्य आम्दानी हुने भएपछि यसरी उनीहरू यस तर्फ आकर्षित भएका हुन् ।

यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ । न्युन आय भएका नागरिकहरूलाई समुहमा राखेर घुम्ती कोषको रकम परिचालन, ब्यवसायी उत्पादनमा यस संस्थाले सहयोग गर्दै आएको छ । समुह निर्माणसँगै समुहमा रहनेहरूको ब्यक्तिगत तथा नेतृत्व बिकासका लागि समेत संस्थाले काम गर्दै आएको ग्रामिण स्वाबलम्बन बिकास केन्द्रका निमित्त कार्यकारी प्रमुख शिबप्रसाद बस्यालको भनाई रहेको छ ।

उसो त स्थानीय सरकार अर्थात् पञ्चकन्या गाँउपालिकाले पनि संस्थागत सहकार्यमा कुनै कसर बाँकी राखेको छैन । पञ्चकन्या गाँउपालिकामा यस संस्थालाई भित्र्याउने देखि कार्यक्रम निर्माण र सञ्चालनसम्ममा गाँउपालिका आफै अग्रसर भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् ।

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्या गाँउपालिका बेसार खेती, अकबरे खुसार्नी लगायतमा पनि नमुनाको रुपमा सुरुवात गर्न थालेको छ । बाँदर लाग्ने स्थानमा यस्ता खेती प्रभाबकारी हुने भएपछि बेसार र खुसार्नीको लागी भर्खरै मात्र काम सुरु भएको छ । ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सुरुवाती यो काममा पनि यहाँका नागरिकहरू खुसी देखिएका छन् । नागरिकहरूको दुःखमा साँझेदारी गर्न आर्यपुगेको आरएसडिसिको कामबाट सबै लाभाम्बित भएका छन् ।

संस्थागत बिकाससँगै, आधुनिक कृषि प्रणालीको बिकास, स्वास्थ्य तथा सरसफाई कार्यक्रम लगायतमा गाँउपालिकासँग साँझेदारी गर्दै आएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बताए ।

गाँउपालिकाको ३ हजार घरधुरीलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रको कार्यक्रममा अहिले प्रत्यक्ष रुपमा ७१ वटा स्वाबलम्बन समुह निर्माण गरि १७ सय ५० जना लाभान्वित भएका छन् ।

१२ बैशाख २०७९, सोमबार ०५:००



तपाईको प्रतिक्रिया