म्यागङमा सहकारी संघ गठन

देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन गरेको हो ।

उपसमितिको अध्यक्षमा रुपबहादुर तामाङ, उपाध्यक्षमा गोबिन्द सापकोटा, सचिबमा पारसलाल तामाङ, कोषाध्यक्षमा कल्पना बज्राचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रतापबहादुर तामाङ, सोमबहादुर तामाङ, रामबहादुर तामाङ, नविनकुमार डंगोल, गौतम घले, दन्जोम तामाङ प्रेममाया तामाङ, सोमबहादुर तामाङ र प्रविण सापकोटा चयन भएका छन् ।

गाउँपालिका उपसमिति गठनका लागि जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेको उपस्थिति रहेको थियो । मुलुक संघीयता प्रवेश गरेसंगै सहकारी संघललाई समेत संघीयतामा लैजाने पुर्व घोषित कार्यक्रम अनुरुप स्थानीय तहमा समन्वय उपसमिति गठन गर्ने अभियान रहेको न्यौपानेले बताएका छन् ।

नुवाकोटका १२ वटा स्थानीय तह मध्ये जिल्ला सहकारी संघले म्यागङ सहित आठ वटा पालिकामा समन्वय उपसमिति गठन गरिसकेको छ । जसमा म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका रहेको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ । उपसमिति गठन हुन बाँकी रहेको स्थानीय तहहरू बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा तयारी भइरहेको सहरकाी संघका अध्यक्ष न्यौपानेले बताएका छन् ।

म्यागङमा गाउँपालिकामा आयोजित कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिङ्दन, जिल्ला सहकारी संघका सञ्चालक रामेश्वर खड्का, सहकारीकर्मी जानुका धमला, सहकारी प्रशिक्षक पुष्कर शर्मा रिमाल लगायतको सहभागिता थियो । त्यस अवसरमा म्यागङ गाउँपालिकाका सहकारीकर्मीहरूलाई तीन दिने तालिम समेत प्रदान गरिएको छ कोपोमिस सम्बन्धि तालिम सञ्चालन गरिएको समन्वय उपसमितिका अध्यक्ष रुपबहादुर तामाङले जानकारी दिए ।

के हो कोपोमिस ?

सहकारी क्षेत्रको सूचना, तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली ‘कोपोमिस’ हो । कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा यो सुविधा प्रयोग गर्न सकिनेछ । यसले सहकारी संघ/संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्न‘पर्ने कार्यहरूलाई अनलाइन पद्धतिमा रूपान्तरण गर्ने, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन गर्ने, आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पु-याउने छ ।

सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदिको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिनेछ । सहकारी संघ संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न, वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, पल्स एवं परियोजनागत वित्तीय विश्लेषण गर्न सहज हुने, लेखा परिक्षण गराउने कार्यमा यसले मद्दत पु¥याउनेछ । सहकारी संस्थाहरूले कोपोमिस सञ्चालन गर्नका लागि कम्प्युटरको कुनै पनि वेबमा copomis.gov.np मा कोपोमिसको पेज खोली त्यसैबाट प्रबिष्ट गर्ने फर्ममा आफ्नो संस्थाको युजर नाम राखी कोपोमिसको प्रयोग गर्न सक्नेछन् ।

सहकारी संस्थाको नियममा उल्लेख भएको कार्यक्षेत्रको आधारमा नियामक निकाय पत्ता लगाउन सकिन्छ । सहकारीको कार्यक्षेत्र एक स्थानीय तह मात्र रहेमा सोही स्थानीय तह, दुई वा सो भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएमा प्रदेश कार्यक्षेत्र रहेमा सहकारी मन्त्रालय र दुई वा सो भन्दा बढी प्रदेशमा कायक्षेत्र रहेमा सहकारी विभाग नियामक संस्था हुने व्यवस्था रहेको छ ।

३ पुष २०७९, आईतवार १३:२७



तपाईको प्रतिक्रिया