खुल्दाखुल्दै बन्द भयो नाका

धुञ्चे । लामो समयको लकडाउन पछी केहि सह बनेको रसुवागढी नाका फेरि बन्द भएको छ । चीनतर्फको पाङसिङमा पहिरो जाँदा नाका अबरुद्ध भएको रसुवागढी नाकाले जनाएको छ ।

चीनतर्फबाट सामाग्री केहि मात्रामा आयात सुरु भएको थियो । दैनिक चिनियाँ कन्टेनरले रसुवागढी नाकाको मितेरी पुलसम्म सामाग्री ल्याउने गरेको थियो । केरुङ भन्दा माथी पाङसिङमा पहिरो जाँदा नाकामा सामान आउन छाडेको छ । सुरक्षा सर्तकताका हिसाबले चिनियाँ प्रशासनले सबारी नचलाउन अनुरोध गरेको छ ।

७ श्रावण २०७७, बुधबार २०:०४



तपाईको प्रतिक्रिया