नुवाकोटमा पुँजी बजार सम्बन्धी शिक्षा कार्यक्रम

बट्टार । अनलाइन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ४९) को व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित नुवाकोट शाखाको सक्रियतामा सुरक्षित लागानीका उपाय विषयमा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार बट्टारमा भएको कार्यक्रमका प्रमुख अतिथि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले यस किसिमको कार्यक्रमले लागानीकर्ताले हल्लाको भरमा नभई बुझेर लगानी गरी लागानी सुरक्षित गर्न टेवा पुर्याउने बताए । उनले पछिल्लो समय सुरक्षित लगानीका साथै युवा पुस्ताको आकर्षणमा रहेको सेयर बजारलाई थप सरलिकृत गर्नका लागि निजी क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहने र त्यसका लागी संघले पनि काम गर्ने बताएका छन् ।

सो कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सेयर बजारमा आबद्ध गराउन यस्ताखाले कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । अनलाइन सेक्युरिटिज प्रालिले नुवाकोटका नागरिकहरुलाई पुँजी बजारमा प्रवेश गराउनका लागि महत्वपूर्ण भुमिका खेल्नु पर्ने र सेयर शिक्षा अभियानलाई वडा तहसम्म लैजानु आवश्यक रहेको खनालले बताएका छन् ।

त्यसैगरी जिल्ला सहकारी संघ नुवाकोटका सचिब प्रकाशकुमार अधिकारीले बुझेर लगानी गर्न सबैमा अनुरोध गरेका छन् । आफुपनि पुँजी बजारमा कारोवार गर्ने उल्लेख गर्दै उनले नजानेर भएपनि धेरै नागरिकहरु यसमा सम्लग्न रहेको र अब उनीहरुलाई सुरक्षित लगानी गर्ने र मनग्य कमाउने सिप यस्ता कम्पनीहरुले दिनु पर्ने बताएका छन् ।

कार्यक्रममा प्रालिका कारोबार अधिकृत बिजयप्रसाद लामिछानेले कसरी लगानी सुरक्षित गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानीकर्ताहरुले उठाएका सवाल र जिज्ञासाको जवाफ दिँदै प्रालिका अध्यक्ष दिनेश शर्मा बिडारीले बुझेर मात्र लागानी गर्न र हल्लाको पछि नलागी कारोवार गर्न आग्रह गरेका छन् ।

१२ चैत्र २०७८, शनिबार १२:५८



तपाईको प्रतिक्रिया