प्रशासनले जम्मा गर्यो तीन करोड

विदुर । आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले करिब तीन करोड राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार कार्यालयले जेठ मसान्तसम्ममा कुल दुई करोड ८४ लाख ९८ हजार २३५ रुपैयाँ राजस्व आर्जन गरेको छ ।

उनले राहदानीतर्फ चालुआर्थिक वर्षको मङ्सिर महिनामा सबैभन्दा कम र भदौ महिनामा सबैभन्दा बढी राजस्व संकलन गरिएको जानकारी दिएका छन् । कार्यालयले मङ्सिरमा २० हजार र महिनामा ३८ लाख ९३ हजार ६२५ रुपैंयाँ राजस्व संकलन गरिएकको छ ।

तथ्याङ्क अनुसार परीक्षा दस्तुरबाट २२ हजार, राहदानीबाट दुई करोड ७५ लाख आठहजार, एजेन्सी दर्ताबाट ३४ हजार ७६५, हातहतियार इजाजतबाट नौ हजार ७६० र प्रसाशनिक दण्ड जरिवानाबाट ६ लाख १७ हजार ७१० रुपैंयाँ राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा नुवाकोटबाट झण्डै पाँच जनाले राहदानी बनाएका छन् । चार हजार ६४० जनाको राहदानी आवेदन फाराम संकलन गरिएकोमा ३ हजार ११७ राहदानी वितरण गरिएको छ । जसमा एकहजार ५२३ राहदानी वितरण गर्न बाँकी रहेको छ ।

कार्यालयले वंशजको आधारमा ११ हजार ५९१ नयाँ नागरिकता वितरण गरेको छ । वैवाहिक अङ्गीकृत नागरिकता दुई ओटा वितरण भएको छ । आठ हजार १८२ प्रतिलिपि नागरिकता र ७८३ नागरिकता पुरानो अभिलेखन गरेको छ ।

यस्तै, राष्ट्रिय परिचयपत्रतर्फ १३ हजार ८४३ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ । अहिलेसम्म नुवाकोटमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सकेको छैन ।

यसैबीच चालु आव बाढी पहिरोबाट १६ घरमा क्षति पुगेको कार्यालयले जानकारी दिएको छ । आगलागी, बाढी, पहिरो, करेन्ट र पानीमा डुबीलगायतका दुर्घटनाबाट १/१ जनाको मृत्यु भएको छ । विपदबाट ३ करोड ५९ लाख ९६ हजार क्षति भएको छ । पहिरो र आगोले क्षति भएका घरधनीलाई रू. ४ लाख ५० हजार राहत प्रदान गरिएको थियो ।

२४ श्रावण २०७९, मंगलवार २१:४२



तपाईको प्रतिक्रिया