पर्यटकलाई सम्मान

ढुङ्गे । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर नुवाकोटमा आएका पर्यटकहरूलाई सम्मान गरिएको छ ।

ढुङ्गेको मन्जरी होटलमा आयोजित एक कार्यक्रममा नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले जिल्लामा भित्रिएका पर्यटकहरूको सम्मान गरेको हो ।

काठमाडौँबाट रसुवाको लाङटाङ जाँदै गरेका जर्मनी नागरिक र केहि जिल्ला वाहिरका पर्यटकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोट त्रिदेशिय मार्गको रुपमा विस्तार भइरहेको भन्दै पर्यटकहरूलाई लक्षित गरि विभिन्न कार्यक्रम आयोजना गरिने बताए । उनले जिल्लाका पर्यटन व्यवसायीहरूलाई एकतावद्ध बनाएर विभिन्न स्थानका पर्यटकिय क्षेत्रहरूको प्रर्वद्धन गरिने समेत उल्लेख गरे ।

पर्यटन दिवसको अवसरमा आफुहरूलाई सम्मान गरेको भन्दै जर्मन नागरिकले खुशी व्यक्त गरे । उनले नेपालमा आफुहरूलाई राम्रो आतिथ्यता प्रदान गरेको भन्दै उनले सबैलाई नेपाल आउन प्रेरित गर्ने बताए । त्यस्तै नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीले विश्व पर्यटन दिवसको अवसर पारेर एक साता नुवाकोटका होटल तथा रेष्टुरेन्टहरूमा खानमा १० प्रतिशत र वसाईमा १५ प्रतिशत छुट दिने बताए । नुुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा जिल्लाका २७३ होटलहरू आवद्ध छन् ।

२२ आश्विन २०८०, सोमबार ०५:३०



तपाईको प्रतिक्रिया